
काठमाडौँ- इराकको संसदले त्यहाँ रहेका अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव पारित गरेको छ ।
अमेरिकाले शुक्रबार इरानका एक मुख्य सैनिक जर्नेलको हवाई आक्रमण गरी हत्या गरेपछि सिर्जित परिस्थितिको जवाफमा इराकले सो निर्णय गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।
इरानका सबैभन्दा शक्तिशाली जर्नेल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि इरान–समर्थित लडाकुहरुले त्यहाँका सांसदलाई संसदबाट अमेरिकी फौजलाई देशबाट फिर्ता पठाउने प्रस्ताव पारित गर्न माग गरेका थिए ।
इरानले आफ्ना जर्नेलको हत्याको बदला लिएरै छाड्ने सार्वजनिक घोषणा गरेको छ भने उता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले प्रतिवाद गरेमा इरानका संवेदनशील ५२ स्थानमा तत्काल र कडा आक्रमण गर्ने चेतावनी दिएका छन् ।