
चीन- चीनको सार्वजनिक उडानहरूलाई अवरूद्ध नगरिने र सरकारले आफ्ना नागरिकहरूलाई उनीहरू जहाँ भए पनि घर फर्कन चाहेको समय सहज व्यवस्था उपलब्ध गराउने विदेश मन्त्रालयका प्रवक्ताले जनाएकी छन् ।
प्रवक्ता हुआ चुन्निङले केही विदेशी अधिकारीले आगामी दिनमा चीनले आगामी हप्ताहरूमा अझ बढी प्रतिबन्ध लगाउने र व्यवसायिक उडानमा चीन छोड्न गाह्रो हुने डरले छिट्टै चीन छोड्नुपर्ने कुरा बताउँदा उक्त टिप्पणी गरेकी हुन् । “त्यो केवल अफवाहमात्र हो,” हुआले भनेकी छन् ।
चिनियाँ सरकारले स्वदेशी तथा विदेशी नागरिकहरू सबैको जीवन र स्वास्थ्यलाई उच्च महत्व दिएको उनले बताए । “चीनले जटिल कोरोना भाइरसविरूद्ध सबभन्दा व्यापक तथा कडाइका साथ निवारण र नियन्त्रणका उपायहरू अपनाएको छ । चीनले चालेका कदम विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरूको मापदण्डभन्दा स्तरीय रहेको छ ।”
“अहिले चीनमा विदेशी नागरिकहरूको सुरक्षा, स्वास्थ्य र जीवनस्तरको ग्यारेन्टी छ । चीनको नागरिक उड्डयन प्रशासनले हवाइजहाजमा फैलाउने भाइरसको सम्भावना कम गर्न र अन्तर्राष्ट्रिय उडानमा यात्रुहरूको सुरक्षा र स्वास्थ्य सुनिश्चित गर्न प्रभावकारी कदम चालेको छ,” प्रवक्ताले भनेकी छन् ।
हामी आशावादी छौँ सबै देशहरूले महामारीको स्थिति र चीनको प्रयासलाई बढी शंका गरेर होइन शान्त, वस्तुनिष्ठ र तर्कसंगतरूपमा मूल्यांकन गर्न जरूरी भएको हुआले बताइन् ।
उनले भनिन्, “केही देशले डब्ल्यूएचओको सिफारिस र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन बुलेटिनहरूको बाबजुद उडान स्थगित गर्नेजस्ता चरम प्रतिबन्धहरूको अनुशरण गरेपछि केही चिनियाँ नागरिकहरू विदेशमा फसेका छन् ।”
चिनियाँ सरकारले यस अवस्थालाई सम्बोधन गर्न ठूलो महत्व राख्छ । विदेश मन्त्रालय र चिनियाँ कूटनीतिक नियोगहरू विदेशमा उडानहरू परिवर्तन गरेर वा अन्य देशहरूको माध्यमबाट ट्रान्जिट गरेर उनीहरूलाई घर फर्कन सहयोग गरिरहेको छ । सिन्हवा