सोल- चीनबाट सुरु भएको कोरोना संक्रमणका कारण दक्षिण कोरियाली सहर थेगु प्रभावित भएपछि सरकारले उक्त क्षेत्रबाट संक्रमण रोक्न स्थानीयमाथि विभिन्न रोकावटहरु लगाएको छ ।
सन् २००९ मा फैलिएको फ्लुमा २६३ जनाको मृत्यु हुँदा कर्फ्यु लगाएयता कोरियामा यो नै कर्फ्युको पहिलो घटना हो ।
सरकारले कोरोना संक्रमणको सामना सजिलै गर्न सकिने बताए पनि अचानक धेरै मानिसहरुमा एक्कासि संक्रमण पाइएपछि सरकारले आपतकालीन बैठक बोलाएर उक्त सहर क्षेत्रमा संकटकाल घोषणा गर्दै कर्फ्यु लगाएको हो ।
सरकारले केही हप्ताका लागि घर बाहिर ननिस्कन, सार्वजनिक स्थलमा भेला नहुन, सार्वजनिक सवारी साधनको प्रयोग धेरै नगर्न, बिहे, मृत्यु, जन्मदिनजस्ता संस्कारमा सहभागी नहुन तथा नगर्न सबै सर्वसाधारणहरुमा अनुरोधसमेत गरेको छ ।
हाल उक्त सहरलाई कोरोना संक्रमणको हाई अलर्ट जोनमा राख्दै उक्त क्षेत्रका मानिसहरुको भीडभाड हुने क्षेत्रहरु जस्तै शैक्षिक संस्था, मेट्रो स्टेशन आदि बन्द गर्नेसमेत सरकारले जनाएको छ । सरकारको सो निर्देशन राष्ट्रपति मुनको निर्देशनमा बसेको आपतकालीन बैठकले गरेको हो । एजेन्सी