हल्याण्ड- हल्याण्डका वैज्ञानिकहरुको एक समूहले कोरोना भाइरसको पहिचान गर्ने र त्यसबाट बचाउन सक्ने औषधि (एन्टीडोट) पत्ता लगाएको दाबी गरेका छन् ।

बीबीसीका हेग संवाददाता आना हलिगानका अनुसार चिकित्सकहरुको (वैज्ञानिक) समूहले औषधि पत्ता लगाएको दाबी गरे पनि यसलाई मानव शरीरमा परीक्षण गर्न बाँकी रहेको र त्यसको परिणाम आउन महिनौँ लाग्न सक्नेछ । इरास्मस मेडिकल सेन्टर र युट्रेक्ट विश्वविद्यालयका अन्वेषकहरुको संयुक्त टिमले लगातार गरेको अनुसन्धानबाट सार्स–२ को प्रतिरोधात्मक औषधि पत्ता लगाइएको दाबी गरिएको छ ।

उनीहरुले कोरोना भाइरस (कोभिड–१९) लाई सार्स–२ को उपमा दिँदै त्यसलाई कोरोना परिवारको भाइरसको रुपमा अथ्र्याएका छन् । अहिले विश्वभर देखिएको महामारीको जिम्मेवार कोराना परिवारबाटै उत्पत्ति भएको भाइरस रहेको दाबीसमेत वैज्ञानिकहरुले गरेका छन् ।

अन्वेषणमा खटेका चिकित्सकहरुले यसअघि विश्वभर देखिएको सार्स महामारी (उनीहरुले त्यसलाई सार्स–१ भनेका छन्) निर्मुल पार्ने औषधि बनाउनका लागिसमेत काम गरिसकेको बताइएको छ ।

उनीहरुले त्यसबेला निर्माण गरिएको औषधिले सार्स संक्रमण विश्वभर फैलिनबाट बचाएको दाबीसमेत गरेका छन् । तर, अहिले आएको नतिजाको भने समीक्षा भैरहेको र यसको गहन परीक्षण हुन बाँकी नै भएको उनीहरुको दाबी छ । उनीहरुले यो परीक्षण सफल भए एउटा छुट्टै औषधि कम्पनीमार्फत व्यापक रुपमा उत्पादन गर्न सकिने विश्वभर वितरण गर्न सकिने दाबी गरेका छन् । [एजेन्सी]

तपाईको प्रतिक्रिया