पेरिस- कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार बेलुकीसम्म छ हजार ६६३ व्यक्तिको मृत्यु भएको छ ।

यसमध्ये सबैभन्दा बढी चीनमा तीन हजार २१३ व्यक्तिको मृत्यु भएको छ भने पछिल्ला केही दिनमा चीनमा नयाँ व्यक्तिमा सङ्क्रमण र मृत्यु दर लगभग नियन्त्रणको नजिक पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी गराएको छ ।

सोमबार बेलुकीसम्ममा कोरोना भाइरसको सङ्क्रमण १५८ भन्दा बढी मुलुकमा पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । हालसम्म एक लाख ७१ हजार ८७१ जना संक्रमित भएकामध्ये ८८ हजार ५८१ अझै संक्रमित छन् । । हालसम्म ७७ हजार ७८३ जना निको भई घर फर्किएका छन् । चीनमा ८० हजार ८८० व्यक्ति प्रभावित भएका छन् ।

चीनपछि बढी प्रभावित मानिएको इटालीमा २४ हजार ७४७ र इरानमा १४ हजार ९९१ संक्रमित भएका छन् भने कोरोनाको संक्रमणबाट इटालीमा एक हजार ८०९ र इरानमा ८५३ व्यक्तिको मृत्यु भएको छ ।

यस्तै, स्पेनमा २९७, फ्रान्समा १२७, दक्षिण कोरियामा ७५ र अमेरिकामा ६९ जनाको मृत्यु भएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया