न्यूयोर्क- कोरोना भाइरसका कारण विश्वका शक्तिशाली राष्ट्र अमेरिकामा मात्रै मृत्यु हुनेको सङ्ख्या एक सय नाघेको छ । जोहन्स होप्किन विश्वविद्यालयमा रहेको विज्ञान तथा इन्जिनियरिङ्ग केन्द्रअनुसार बिरामी हुनेको सङ्ख्या भने सात हजार नाघेको छ ।

अधिकारीहरुका अनुसार पछिल्लो सात घन्टामा झण्डै एक हजार बिरामी बढेर कूल बिरामीको सङ्ख्या सात हजार ३९८ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको कुन सङ्ख्या ११६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अष्ट्रेलियामा छैठौँ व्यक्तिको मृत्यु भएको छ । स्वाथ्यकर्मीले बुधबार दिएको जानकारीअनुसार ८६ वर्षीय एक पुरुषको मृत्युभएको हो ।
उनको सिड्नी अस्पतालमा मङ्गलबार राति मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । उनीहरुले मृतकका परिवारजनप्रति समवेदना पनि व्यक्ति गरेका छन् ।

अष्ट्रेलियामा अहिलेसम्म सङ्क्रमितहरुको सङ्ख्या ५०० नाघेको छ भने, दैनिकरुपमा सयौँ व्यक्तिको स्वास्थ्य परीक्षण भइरहेको छ ।
जापानमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या ८६८ पुगेको छ । बुधबार बिहानसम्मको विवरणअनुसार कूल ३६ जनाको मृत्यु भएको छ ।

भारतमा दिनप्रतिदिन बिरामीको सङ्ख्या बढ्दै गएर बुधबारसम्म १४७ पुगेको छ । अघिल्लो दिनभन्दा बुधबार कूल सङ्ख्यामा दश जना थपिएका हुन् । भारतका हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण तीन व्यक्तिको मृत्यु भएको छ । सिन्ह्वा

तपाईको प्रतिक्रिया