काठमाडौँ । चीनको वुहान सहरबाट फैलिँदै विश्वका १७९ मुलुकमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट शुक्रबार बिहानसम्म १० हजार ४८ जनाको मृत्यु भएको छ ।

बिहीबार र शुक्रबार बिहानसम्ममा इटालीमा ४२७, स्पेनमा १९३, इरानमा १४९, फ्रान्समा १०८, अमेरिकामा ६८ र यूकेमा ४० जनाको मृत्यु भएको छ । नयाँ संक्रमितको संख्यामात्रै २६ हजार ७९० रहेको छ भने मृत्यु हुनेको संख्या १०९७ पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म दुई लाख ४५ हजार ६१२ जनामा संक्रमण देखिएकोमा ८८ हजार ४३७ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर एक लाख ४७ हजार १२७ जना संक्रमितको उपचार जारी छ । जसमध्ये ७३७८ जनाको अवस्था जटिल रहेको छ ।

शुक्रबार बिहानसम्म चीनमा यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३२४८ पुगेको छ भने नयाँ संक्रमितको संख्या ३९ रहेको छ । चीनमा नयाँ मृत्यु हुनेको संख्या ३ रहेको छ ।

चीनलाई उछिन्दै इटालीमा ३४०५ जनाको ज्यान गएको छ । इटालीमा ४१ हजार ३५ जना संक्रमित भएका छन् । इटालीमा एकैदिन ५३२२ जना नयाँ संक्रमित थपिएका छन् । इरान १८ हजार ४०७ जना संक्रमित भएकोमा १२८४ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित १०४६ छन् ।

इरानमा बिहीबार १४९ जनाले ज्यान गुमाएका छन् । इरानमा कोरोनाभाइरसको संक्रमणदर उच्च छ । यस्तै, स्पेनमा १८ हजार ७७ व्यक्ति संक्रमित छन् भने हालसम्म ८३१ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै ३३०८ पुगेको छ । स्पेनमा बिहीबार र शुक्रबार १९३ जनाले ज्यान गुमाएका छन् । इरानपछि तेस्रो संक्रमणदर उच्च भएको देशमा स्पेन सूचीकृत भएको छ ।

अमेरिकामा शुक्रबार बिहानसम्म १४ हजार २९९ व्यक्ति कोरोनाबाट संक्रमित छन् भने २१८ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा नयाँ मृत्यु हुनेको संख्या ६८ पुगेको छ भने ५०४० जना नयाँ संक्रमित थपिएका छन् ।

फ्रान्समा १० हजार ९९५ जना प्रभावित रहेकोमा ३७२ जनाले ज्यान गुमाएका छन् । दक्षिण कोरियामा ८६५२ जना कोरोनाबाट प्रभावित छन् भने ९४ जनाको मृत्यु भएको छ । यस्तै, जर्मनीमा १५ हजार ३२० संक्रमित छन् भने ४४ जनाको मृत्यु भएको छ । जर्मनीमा २९९३ नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी, युकेमा ३२६९ व्यक्ति संक्रमित भएकोमा १४४ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा २४६० संक्रमित भएकोमा ७६ जनाको मृत्यु भएको छ । जसमा बिहीबारमात्रै ४०९ नयाँ संक्रमित थपिएका छन् । स्वीट्जरल्याण्डमा ४२२२ संक्रमित छन् भने ४३ जनाको ज्यान गएको छ ।

११०७ नयाँ संक्रमित थपिएका छन् । जापानमा ९४३ संक्रमित छन् भने ३३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भाग्यवश नेपालमा भने यस महामारीको संक्रमण कसैमा देखिएको छैन । तर, कोरोनाको त्रासले जनजीवन प्रभावित भएको छ ।

[एजेन्सीहरुको सहयोगमा]

तपाईको प्रतिक्रिया