काठमाडौँ । चीनको वुहान सहरबाट फैलिएर विश्वका १८३ देशमा महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट शुक्रबार बेलुकी ८:३० बजेसम्म १० हजार ४५६ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म दुई लाख ५५ हजार २०१ जनामा संक्रमण देखिएकोमा ८९ हजार ९१८ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर एक लाख ५४ हजार ८२७ जना संक्रमितको उपचार जारी छ । जसमध्ये ७४६७ जनाको अवस्था जटिल रहेको छ ।

शुक्रबार बेलुकीसम्म चीनमा यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २४८ पुगेको छ भने नयाँ संक्रमितको संख्या ३९ रहेको छ । चीनमा नयाँ मृत्यु हुनेको संख्या ३ रहेको छ ।

चीनपछि इटालीमा ३४०५ जनाको ज्यान गएको छ । इटालीमा ४१ हजार ३५ जना संक्रमित भएका छन् । यस्तै, स्पेनमा १९ हजार ९८० व्यक्ति संक्रमित छन् भने हालसम्म १००२ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै १९०३ पुगेको छ । स्पेनमा शुक्रबार १७१ जनाले ज्यान गुमाएका छन् ।

इरानमा १९ हजार ६६४ जना संक्रमित भएकोमा १४३३ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित १२३७ छन् । इरानमा शुक्रबार १४९ जनाले ज्यान गुमाएका छन् । इरानमा कोरोनाभाइरसको संक्रमणदर उच्च छ ।

अमेरिकामा शुक्रबारसम्म १४ हजार ३७३ व्यक्ति कोरोनाबाट संक्रमित छन् भने २१८ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा शुक्रबार ११ जनाको ज्यान गएको छ भने ५८४ जना नयाँ संक्रमित थपिएका छन् ।

फ्रान्समा १० हजार ९९५ जना प्रभावित रहेकोमा ३७२ जनाले ज्यान गुमाएका छन् । दक्षिण कोरियामा ८६५२ जना कोरोनाबाट प्रभावित छन् भने ९४ जनाको मृत्यु भएको छ । यस्तै, जर्मनीमा १७ हजार ६५३ संक्रमित छन् भने ४८ जनाको मृत्यु भएको छ । जर्मनीमा शुक्रबारमात्रै २३३३ नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी, युकेमा ३२६९ व्यक्ति संक्रमित भएकोमा १४४ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा २९९४ संक्रमित भएकोमा १०६ जनाको मृत्यु भएको छ । जसमा ५३४ नयाँ संक्रमित थपिएका छन् । स्वीट्जरल्याण्डमा ४९०५ संक्रमित छन् भने ५० जनाको ज्यान गएको छ । ६८३ नयाँ संक्रमित थपिएका छन् । जापानमा ९६३ संक्रमित छन् भने ३३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

भाग्यवश नेपालमा भने यस महामारीको संक्रमण कसैमा देखिएको छैन । तर, कोरोनाको त्रासले जनजीवन प्रभावित भएको छ । एजेन्सीहरुको सहयोगमा ।

तपाईको प्रतिक्रिया