काठमाडौँ । चीनको वुहान सहरबाट फैलिएर विश्वका १८५ देशमा महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट शनिबार बिहानसम्म ११ हजार ३९७ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म दुई लाख ७५ हजार ७९६ जनामा संक्रमण देखिएकोमा ९१ हजार ९१२ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर एक लाख ७२ हजार ४८७ जना संक्रमितको उपचार जारी छ । जसमध्ये ७७६५ जनाको अवस्था जटिल रहेको छ ।

शनिबार बिहानसम्म चीनमा यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३२५५ पुगेको छ भने नयाँ संक्रमितको संख्या ४१ रहेको छ । चीनमा नयाँ मृत्यु हुनेको संख्या ७ रहेको छ ।

चीनपछि इटालीमा ४०३२ जनाको ज्यान गएको छ । इटालीमा ४७ हजार २० जना संक्रमित भएका छन् । इटालीमा नयाँ मृत्यु हुनेको संख्यामात्रै ६२७ पुगेको छ । ५९८६ नयाँ संक्रमित थपिएका छन् ।

यस्तै, स्पेनमा २१ हजार ५१० व्यक्ति संक्रमित छन् भने हालसम्म १०९३ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै ३४३३ पुगेको छ । स्पेनमा शनिबारमात्रै २६२ जनाले ज्यान गुमाएका छन् ।

इरानमा १९ हजार ६६४ जना संक्रमित भएकोमा १४३३ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित १२३७ छन् । इरानमा शुक्रबार १४९ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा शनिबार बिहानसम्म १९ हजार ५७५ व्यक्ति कोरोनाबाट संक्रमित छन् भने २६२ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा शुक्रबार ५५ जनाको ज्यान गएको छ भने ५७८६ जना नयाँ संक्रमित थपिएका छन् ।

फ्रान्समा १२ हजार ६१२ जना प्रभावित रहेकोमा ४५० जनाले ज्यान गुमाएका छन् । नयाँ मृत्यु हुनेको संख्या ७८ पुगेको छ । दक्षिण कोरियामा ८७९९ जना कोरोनाबाट प्रभावित छन् भने १०२ जनाको मृत्यु भएको छ । यस्तै, जर्मनीमा १९ हजार ८४८ संक्रमित छन् भने ६८ जनाको मृत्यु भएको छ । जर्मनीमा शुक्रबारमात्रै ४५२८ नयाँ संक्रमित थपिएका छन् । नयाँ मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

यसैगरी, बेलायतमा ३९८३ व्यक्ति संक्रमित भएकोमा १७७ जनाको मृत्यु भएको छ । बेलायतमा शुक्रबारमात्रै ३३ जनाको मृत्यु भएको छ ।

नेदरल्याण्ड्समा २९९४ संक्रमित भएकोमा १०६ जनाको मृत्यु भएको छ । जसमा शुक्रबार ३० जनाको मृत्यु भएको छ । ५३४ नयाँ संक्रमित थपिएका छन् । स्वीट्जरल्याण्डमा ५६१५ संक्रमित छन् भने ५६ जनाको ज्यान गएको छ । १३९३ नयाँ संक्रमित थपिएका छन् । जापानमा ९६३ संक्रमित छन् भने ३३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

भाग्यवश नेपालमा भने यस महामारीको संक्रमण कसैमा देखिएको छैन । तर, कोरोनाको त्रासले जनजीवन प्रभावित भएको छ । -एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया