काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट आइतबार बिहानसम्म १८८ देशका १३ हजार ६९ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार कोरोनाको संक्रमणबाट ३ लाख ८ हजार ४७३ व्यक्ति प्रभावित भएकोमा ९५ हजार ८२८ जना निको भई घर फर्किएका छन् । अझै विश्वभर १ लाख ९९ हजार ५७६ जनाले उपचार गराइरहेका छन् । जसमध्ये ९ हजार ९४३ को अवस्था जटिल रहेको छ ।

चीनमा हालसम्म ८१ हजार ५४ व्यक्ति यो भाइरसबाट संक्रमित भएकोमा ज्यान गुमाउनेको संख्या ३२६१ पुगेको छ भने नयाँ संक्रमितको संख्या ४६ रहेको छ । चीनमा नयाँ मृत्यु हुनेको संख्या ६ रहेको छ ।

इटालीमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिएको छ । हालसम्म ५३ हजार ५७८ जना संक्रमित भएकोमा ४८२५ जनाको ज्यान गएको छ । इटालीमा एकै दिन ६५५७ जना संक्रमित भएका छन् भने ७९३ जनाको मृत्यु भएको छ ।

इटाली पछि अमेरिकामा धेरै जना संक्रमित भएका छन् । अमेरिकामा २६ हजार ८७८ व्यक्ति कोरोनाबाट संक्रमित छन् भने ३४८ जनाले ज्यान गुमाएका छन् । आइतबार अमेरिकामा एकै दिन ४६ जनाको ज्यान गएको छ भने २६७१ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै, स्पेनमा २५ हजार ४९६ व्यक्ति संक्रमित छन् भने हालसम्म १३८१ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै ३९२५ पुगेको छ । स्पेनमा एकै दिन २८५ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, जर्मनीमा २२ हजार ३६४ संक्रमित छन् भने ८४ जनाको मृत्यु भएको छ । जर्मनीमा २५१६ नयाँ संक्रमित थपिएका छन् । नयाँ मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

इरानमा २० हजार ६१० जना संक्रमित भएकोमा १५५६ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित ९६६ छन् । इरानमा शनिबार १२३ जनाले ज्यान गुमाएका छन् ।

फ्रान्समा १४ हजार ४५९ जना प्रभावित रहेकोमा ५६२ जनाले ज्यान गुमाएका छन् । नयाँ मृत्यु हुनेको संख्या ११२ पुगेको छ ।
दक्षिण कोरियामा ८८९७ जना कोरोनाबाट प्रभावित छन् भने १०४ जनाको मृत्यु भएको छ । नयाँ संक्रमित २४५ छन् भने शनिबार थप १० जनाको मृत्यु भएको छ ।

स्वीट्जरल्याण्डमा ६८६३ संक्रमित छन् भने ८० जनाको ज्यान गएको छ । १२४८ नयाँ संक्रमित थपिएका छन् । शनिबार २४ जनाको ज्यान गएको छ ।

यसैगरी, युकेमा ५०१८ व्यक्ति संक्रमित भएकोमा २३३ जनाको मृत्यु भएको छ । १०५३ बिरामी थपिएका छन् । नेदरल्याण्ड्समा ३६३१ संक्रमित भएकोमा १३६ जनाको मृत्यु भएको छ । बेल्जियममा २८१५ संक्रमित भएकोमा ६७ जनाको मृत्यु भएको छ । जसमा शनिबारमात्रै ३० जनाको ज्यान गएको थियो । यस्तै, जापानमा १०५४ संक्रमित छन् भने ३६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

भाग्यवश, नेपालमा भने यस महामारीको संक्रमण कसैमा देखिएको छैन । तर, कोरोनाको त्रासले जनजीवन प्रभावित भएको छ । सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । सोमबारदेखि सार्वजनिक यातायात सेवासमेत बन्द हुँदैछ ।

एजेन्सीहरुको सहयोगमा ।

तपाईको प्रतिक्रिया