काठमाडौँ । चीनको वुहान सहरबाट उत्पत्ति भई संसारका १९७ मुलुकमा महामारीको रुपमा विस्तार भएको नोभेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले युरोप र अमेरिकी देशहरुलाई आक्रान्त पारेको छ । यस महामारीबाट बुधबार बिहानसम्म १८ हजार ८९१ जनाको मृत्यु भइसकेको छ भने एकैदिन ४३ हजार ७६८ जना संक्रमित भएका छन् । चौबिसघन्टामा २३७७ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाको संक्रमणबाट हालसम्म चार लाख २२ हजार ६१३ व्यक्ति प्रभावित भएकोमा १ लाख ८ हजार ८७९ जना निको भई घर फकिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अझै विश्वभर २ लाख ९४ हजार ८४३ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये १३ हजार ९५ को अवस्था जटिल रहेको छ ।
चीनमा हालसम्म ८१ हजार २१८ व्यक्ति यो भाइरसबाट संक्रमित भएकोमा ज्यान गुमाउनेको संख्या ३२८१ पुगेको छ । चीनमा यस महामारी नियन्त्रणतर्फ उन्मुख भएको छ । चीनमा ७३ हजार ६५० जना उपचारपश्चात् घर फर्किसकेका छन् । अब जम्मा संक्रमित ८२८७ जनाको उपचार जारी छ । जसमध्ये १३९९ को अवस्था गम्भीर छ ।
इटालीमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिएको छ । हालसम्म ६९ हजार १७६ जना संक्रमित भएकोमा ६८२० जनाको ज्यान गएको छ । इटालीमा एकै दिन ७४३ जनाको मृत्यु भएको छ । ५२४९ जना नयाँ संक्रमित थपिएका छन् ।
इटाली पछि अमेरिकामा कोरोना भाइरसको संक्रमण उच्च छ । अमेरिकामा ५४ हजार ८०८ व्यक्ति संक्रमित भएकोमा ७७५ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा एकै दिन २२२ जनाको ज्यान गएको छ भने ११ हजार ७४ जना नयाँ संक्रमित थपिएका छन् ।
स्पेनमा ४२ हजार ५८ व्यक्ति संक्रमित छन् भने हालसम्म २९९१ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै ६९२२ पुगेको छ । स्पेनमा मंगलबार ६८० जनाले ज्यान गुमाएका छन् ।
यस्तै, जर्मनीमा ३२ हजार ९९१ संक्रमित छन् भने १५९ जनाको मृत्यु भएको छ । जर्मनीमा ३९३५ नयाँ संक्रमित थपिएका छन् । नयाँ मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
इरानमा २४ हजार ८११ जना संक्रमित भएकोमा १९३४ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित १७६२ छन् । इरानमा मंगलबार १२२ जनाले ज्यान गुमाएका छन् ।
फ्रान्समा २२ हजार ३०४ जना प्रभावित रहेकोमा ११०० जनाले ज्यान गुमाएका छन् । नयाँ मृत्ु हुनेको संख्या २४० रहेको छ । स्वीट्जरल्याण्डमा ९८८७ संक्रमित छन् भने १२२ जनाको ज्यान गएको छ । दक्षिण कोरियामा ९०३७ जना कोरोनाबाट प्रभावित छन् भने १२० जनाको मृत्यु भएको छ ।
यसैगरी, युकेमा ८०७७ व्यक्ति संक्रमित भएकोमा ४२२ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा ५५६० संक्रमित भएकोमा २७६ जनाको मृत्यु भएको छ ।
अस्ट्रियामा ५२८३ संक्रमित भएकोमा २८ जनाको ज्यान गएको छ । बेल्जियममा ४२६९ संक्रमित भएकोमा १२२ जनाको मृत्यु भएको छ । यस्तै, नर्वेमा १२, क्यानडामा २६, पोर्चुगलमा ३३, अस्ट्रेलियामा ८, स्वीडेनमा ४०, ब्राजिलमा ४६ जनाको मृत्यु भएको छ । जापानमा ११९३ संक्रमित छन् भने ४३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा पनि एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । फ्रान्स हुँदै कतारबाट नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएपछि सरकारले मंगलबारदेखिएक सातासम्म देशका ७७ वटै जिल्लामा लकडाउन गरेको छ । लकडाउनको निर्णयसँगै अब सरकारको निर्देशन अटेर गर्नेलाई एक महिनासम्म कैद सजाय हुने चेतावनीसमेत दिएको छ । एजेन्सीहरुको सहयोगमा