काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण बिहीबारसम्म २१ हजार २८३ व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन तथा कोरोना भाइरससम्बन्धी विवरण संकलन गर्दै आएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरणअनुसार विश्वभर चार लाख ७१ हजार ६० जना कोरोना भाइरस संक्रमित भएका छन् । जसमा १ लाख १४ हजार २१८ जना उपचारपछि घर फर्किएका छन् । तीन लाख ३५ हजार ५५९ व्यक्तिको हाल उपचार भइरहेको छ । जसमा १४ हजार ७९२ जनाको अवस्था जटिल रहेको समाचारमा जनाइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हालसम्म १९८ भन्दा बढी देशमा देखा परिसकेको छ । कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।

चीनमा हालसम्म ८१ हजार २८५ व्यक्ति यो भाइरसबाट संक्रमित भएकोमा ज्यान गुमाउनेको संख्या ३२८७ पुगेको छ । चीनमा यस महामारी नियन्त्रणतर्फ उन्मुख भएको छ । चीनमा ७४ हजार ५१ जना उपचारपश्चात् घर फर्किसकेका छन् । अब जम्मा संक्रमित ३९४७ जनाको उपचार जारी छ । जसमध्ये १२३५ को अवस्था गम्भीर छ ।

इटाली कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न असफल भएको छ । पछिल्लो संक्रमणको तीव्रता हेर्दा यस महामारी नियन्त्रण बाहिर गइसकेको प्रष्ट भएको छ । इटालीमा हालसम्म ७४ हजार ३८६ जना संक्रमित भएकोमा ७५०३ जनाको ज्यान गएको छ । इटालीमा एकै दिन ६८३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको प्रकोपबाट अमेरिका पनि आक्रान्त भएको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा बढिरहेको पाइएको छ । अमेरिकामा ६८ हजार २०३ व्यक्ति संक्रमित भएकोमा १०२७ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा एकै दिन २४७ जनाको ज्यान गएको छ भने १३ हजार ३४७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा ४९ हजार ५१५ व्यक्ति संक्रमित छन् भने हालसम्म ३६४७ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै ७४५७ पुगेको छ । स्पेनमा एकैदिन ६५६ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, जर्मनीमा ३७ हजार ३२३ संक्रमित छन् भने २०६ जनाको मृत्यु भएको छ । जर्मनीमा ४३३२ नयाँ संक्रमित थपिएका छन् । नयाँ मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

इरानमा २७ हजार १७ जना संक्रमित भएकोमा २०७७ जनाले ज्यान गुमाएका छन् । इरानमा एकै दिन १४३ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, फ्रान्समा २५२३३ संक्रमित भएकोमा १३३१ जनाले ज्यान गुमाएका छन् । २३१ जना नयाँ मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा १० हजार ८९७ संक्रमित छन् भने १५३ जनाको ज्यान गएको छ । युकेमा ९५२९ संक्रमित भएकोमा ४६५ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा ९१३७ जना कोरोनाबाट प्रभावित छन् भने १२६ जनाको मृत्यु भएको छ ।

नेदरल्याण्ड्समा ६४१२ संक्रमित भएकोमा ३५६ जनाको मृत्यु भएको छ । अस्ट्रियामा ५५८८ संक्रमित भएकोमा ३० जनाको ज्यान गएको छ । बेल्जियममा ४९३७ संक्रमित भएकोमा १७८ जनाको मृत्यु भएको छ । यस्तै, नर्वेमा १४, क्यानडामा ३६, पोर्चुगलमा ४३, डेनमार्क ३४, अस्ट्रेलियामा ११, स्वीडेनमा ६२, ब्राजिलमा ५९ जनाको मृत्यु भएको छ । जापानमा १३०७ संक्रमित छन् भने ४५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा पनि तीन व्यक्तिमा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । सरकारले मंगलबारदेखि एक सातासम्म देशका ७७ वटै जिल्लामा लकडाउन गरेको छ । लकडाउनको निर्णयसँगै अब सरकारको निर्देशन अटेर गर्नेलाई एक महिनासम्म कैद सजाय हुने चेतावनीसमेत दिएको छ । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया