काठमाडौँ । यतिबेला कोरोना भाइरस (कोभिड १९) को महामारीबाट विश्वसमुदाय ग्रसित र त्रसित बनेको छ । संसारका १९९ देश र आसपासमा फैलिएको यस महामारीबाट शनिबार बिहानसम्म २७ हजार ३६५ मानिसको ज्यान गइसकेको छ ।

चीनका बुहान सहरबाट उत्पत्ति भएको यस भाइरसको प्रकोपबाट चीनले भने त्राण पाउन थालेको छ । चीनमा यो भाइरस नियन्त्रण उन्मुख भइरहँदा युरोप, अमेरिका, अफ्रिकालगायत एसियाली देशहरुमा पनि यसको संक्रमण फैलिँदो छ । यस भाइरसबाट हालसम्म ५ लाख ९७ हजार २६२ संक्रमित भएकोमा १ लाख ३३ हजार ३६३ जना निको भइसकेका छन् । अझै ४ लाख ३६ हजार ५३४ मानिसको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना संक्रमितमध्ये विश्वभर २३ हजार ५५९ को अवस्था अटिल छ ।

शनिबार बिहानसम्मको ताजा अपडेटअनुसार अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा १ लाख ४ हजार २०५ जना संक्रमित भएका छन्, जसमध्ये १७०१ जनाले ज्यान गुमाएका छन् । ९९ हजार ९७९ जनाको उपचार जारी छ ।

इटालीमा पनि कोरोना भाइरसको संक्रमण तीव्र छ । केही दिनको संक्रमणको तीव्रता हेर्दा यस महामारी नियन्त्रण बाहिर गइसकेको प्रष्ट भएको छ । इटालीमा हालसम्म ८६ हजार ४९८ जना संक्रमित भएकोमा ९१३४ जनाको ज्यान गएको छ । पछिल्लो चौबीसघन्टामा इटालीमा ९१९ जनाको मृत्यु भएको छ ।

चीनमा ८१ हजार ३९४ संक्रमित भएकोमा ३२९५ ले ज्यान गुमाएका छन् । चीनमा ७४ हजार ९७१ जना उपचारपश्चात् घर फर्किएका छन् । हाल ३२२८ जनाको उपचार जारी छ । जसमा ८८६ को अवस्था गम्भीर छ ।

स्पेनमा ६५ हजार ७१९ व्यक्ति संक्रमित छन् भने हालसम्म ५१३८ जनाले ज्यान गुमाएका छन् । स्पेनमा एकैदिन ५६९ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, जर्मनीमा ५० हजार ८७१ संक्रमित छन् भने ३५१ जनाको मृत्यु भएको छ । फ्रान्समा ३२ हजार ९६४ संक्रमित छन् भने १९९५ जनाको मृत्यु भएको छ । इरानमा ३२ हजार ३३२ जना संक्रमित भएकोमा २३७८ जनाले ज्यान गुमाएका छन् । इरानमा एकै दिन १४४ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, युकेमा १४ हजार ५४३ संक्रमित भएकोमा ७५९ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा १२ हजार १२८ संक्रमित छन् भने २३१ जनाको ज्यान गएको छ । दक्षिण कोरियामा ९४७८ जना कोरोनाबाट प्रभावित छन् भने १४४ जनाको मृत्यु भएको छ ।

नेदरल्याण्ड्समा ८६०३ संक्रमित भएकोमा ५४६ जनाको मृत्यु भएको छ । अस्ट्रियामा ७६९७ संक्रमित भएकोमा ५८ जनाको ज्यान गएको छ । बेल्जियममा ७२८४ संक्रमित भएकोमा २८९ जनाको मृत्यु भएको छ । यस्तै, क्यानडामा ५५, पोर्चुगलमा ७६, डेनमार्कमा ५२, अस्ट्रेलियामा १३, स्वीडेनमा १०५, ब्राजिलमा ९३ जनाको मृत्यु भएको छ । जापानमा १४९९ संक्रमित छन् भने ४९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । यस्तै, भारतमा २० जनाको मृत्यु भएको छ भने ८८७ संक्रमित छन् ।

नेपालमा पनि चार व्यक्तिमा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । सरकारले कोरोनाको रोकथामका लागि मंगलबारदेखि एक सातासम्म देशका ७७ वटै जिल्लामा लकडाउन गरेको छ । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया