काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)को विश्वव्यापी महामारीबाट १९९ देश र आसपासका समुदायलाई समुदाय ग्रसित र त्रसित बनाएको छ । यस महामारीबाट आइतबार रातिसम्म ३३ हजार ५१९ भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

यस भाइरसबाट हालसम्म सात लाख ४ हजार ४०१ मानिस संक्रमित भएकोमा १ लाख ५० हजार ६५० जना निको भइसकेका छन् । अझै पाँच लाख २० हजार २३३ मानिसको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना संक्रमितमध्ये विश्वभर २६ हजार ६६३ को अवस्था अटिल छ । गत चौबिसघन्टामा ४१ हजार ३१९ जना नयाँ संक्रमित थपिएका छन् ।

चीनको बुहान सहरबाट उत्पत्ति भएको यस भाइरसको प्रकोपबाट चीनले भने त्राण पाउन थालेको छ । चीनमा यो भाइरस नियन्त्रणउन्मुख भइरहँदा युरोप, अमेरिका, अफ्रिकालगायत एसियाली देशहरुमा पनि यसको संक्रमण फैलिँदो क्रममा रहेको छ ।

नयाँ अपडेटअनुसार अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा १ लाख ३३ हजार ९४ जना संक्रमित भएका छन्, जसमध्ये २३६३ जनाले ज्यान गुमाएका छन् । एक लाख २६ हजार ३५३ जनाको उपचार जारी छ । अमेरिकाको सबैभन्दा बढी न्यूयोर्कमा ५९ हजार ५१३ संक्रमित भएकोमा ९६५ को मृत्यु भएको छ ।

इटालीमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित गतिमा बढेको छ । केही दिनको संक्रमणको तीव्रता र मृत्यु हुनेको संख्या हेर्दा यस महामारी नियन्त्रण बाहिर गइसकेको प्रष्ट भएको छ । इटालीमा हालसम्म ९७ हजार ६८९ जना संक्रमित भएकोमा १० हजार ७७९ जनाको ज्यान गएको छ । इटालीमा शुक्रबार ९१९, शनिबार ८८९ र आइतबार ७५६ जनाको मृत्यु भएको छ ।

चीनमा ८१ हजार ४३९ संक्रमित भएकोमा ३३०० जनाले ज्यान गुमाएका छन् । चीनमा ७५ हजार ४४८ जना उपचारपश्चात् घर फर्किएका छन् । हाल २६९१ जनाको उपचार जारी छ । जसमा ७४२ को अवस्था गम्भीर छ ।

स्पेनमा ७८ हजार ७९९ व्यक्ति संक्रमित छन् भने हालसम्म ६६०६ अर्थात् चीनको भन्दा दोब्बर बढीले ज्यान गुमाएका छन् । स्पेनमा शनिबार ८४४ र आइतबार ६२४ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, जर्मनीमा ६० हजार ६५९ संक्रमित छन् भने ४८२ जनाको मृत्यु भएको छ । फ्रान्समा ३७ हजार ५७५ संक्रमित छन् भने २६०६ जनाको मृत्यु भएको छ । एकै दिन २९२ को ज्यान गएको छ ।

इरानमा ३८ हजार ३०९ जना संक्रमित भएकोमा २६४० जनाले ज्यान गुमाएका छन् । इरानमा एकै दिन १२३ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, युकेमा १९ हजार ५२२ संक्रमित भएकोमा १२२८ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा १४ हजार ८२९ संक्रमित छन् भने ३०० जनाको ज्यान गएको छ । नेदरल्याण्ड्समा १० हजार ८६६ संक्रमित भएकोमा ७७१ जनाको मृत्यु भएको छ । बेल्जियममा १० हजार ८३६ संक्रमित भएकोमा ४३१ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियामा ९५८३ जना कोरोनाबाट प्रभावित छन् भने १५२ जनाको मृत्यु भएको छ । अस्ट्रियामा ८६४८ संक्रमित भएकोमा ६८ जनाको ज्यान गएको छ ।

यस्तै, क्यानडामा ६३, नवेर्मा २५, पोर्चुगलमा १००, डेनमार्कमा ७२, अस्ट्रेलियामा १६, स्वीडेनमा ११०, ब्राजिलमा ११७ जनाको मृत्यु भएको छ । जापानमा १६९३ संक्रमित छन् भने ५२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । यस्तै, भारतमा २७ जनाको मृत्यु भएको छ भने १०२४ संक्रमित छन् । पाकिस्तानमा १४, थाइल्याण्डमा ७ र बंगलादेशमा ५ जनाको मृत्यु भएको छ ।

नेपालमा पनि पाँच व्यक्तिमा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । सरकारले कोरोनाको रोकथामका लागि पुनः आठ दिन थप गरी चैत २६ गतेसम्म लकडाउन गरेको छ । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया