
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को विश्वव्यापी महामारीबाट सोमबार दिउँसोसम्म ३४ हजार १८ जनाको ज्यान गएको छ ।
यस महामारीले १९९ देश र आसपासका समुदायलाई समुदाय ग्रसित र त्रसित बनाएको छ । यस भाइरसबाट हालसम्म ७ लाख २४ हजार ५८८ मानिस संक्रमित भएकोमा १ लाख ५२ हजार ७६ जना निको भई घर फर्किएका छन् ।
अझै पाँच लाख ३८ हजार ४९५ मानिसको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना संक्रमितमध्ये विश्वभर २६ हजार ७१९ को अवस्था गम्भीर रहेको छ । गत चौबिसघन्टामा ६० हजार ५६२ जना नयाँ संक्रमित थपिएका छन् ।
चीनको बुहान सहरबाट उत्पत्ति भएको यस भाइरसको प्रकोपबाट चीनले भने त्राण पाउन थालेको छ । चीनमा यो भाइरस नियन्त्रणउन्मुख भइरहँदा युरोप, अमेरिका, अफ्रिकालगायत एसियाली देशहरुमा भयावह बन्दै गएको छ ।
कोरोना भाइरसको चपेटामा सबैभन्दा बढी अमेरिका आक्रान्त भएको छ । यहाँ १ लाख ४२ हजार ७३५ जना संक्रमित भएका छन्, जसमध्ये २४८९ जनाले ज्यान गुमाएका छन् । एक लाख ३५ हजार ६८४ जनाको उपचार जारी छ । अमेरिकाको सबैभन्दा बढी न्यूयोर्कमा ५९ हजार ५१३ संक्रमित भएकोमा ९६५ को मृत्यु भएको छ ।
इटालीमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित गतिमा बढिरहेको पाइएको छ । तीन दिनयताको संक्रमणको तीव्रता र मृत्यु हुनेको संख्या हेर्दा इटालीमा यस महामारी नियन्त्रण बाहिर गइसकेको प्रष्ट भएको छ । इटालीमा हालसम्म ९७ हजार ६८९ जना संक्रमित भएकोमा १० हजार ७७९ जनाको ज्यान गएको छ । इटालीमा शुक्रबार ९१९, शनिबार ८८९ र आइतबार ७५६ जनाको मृत्यु भएको छ ।
चीनमा ८१ हजार ४४७ संक्रमित भएकोमा ३३०४ जनाले ज्यान गुमाएका छन् । चीनमा ७५ हजार ७०० जना उपचारपश्चात् घर फर्किएका छन् । हाल २४६६ जनाको उपचार जारी छ । जसमा ६३३ को अवस्था गम्भीर छ ।
स्पेनमा ८० हजार ११० व्यक्ति संक्रमित छन् भने हालसम्म ६८०३ बढीले ज्यान गुमाएका छन् । स्पेनमा शनिबार ८४४, आइतबार ८२१ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, जर्मनीमा ६२ हजार ४३५ संक्रमित छन् भने ५४१ जनाको मृत्यु भएको छ । फ्रान्समा ४० हजार १७४ संक्रमित छन् भने २६०६ जनाको मृत्यु भएको छ । एकै दिन २९२ को ज्यान गएको छ ।
इरानमा ३८ हजार ३०९ जना संक्रमित भएकोमा २६४० जनाले ज्यान गुमाएका छन् । इरानमा एकै दिन १२३ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी, युकेमा १९ हजार ५२२ संक्रमित भएकोमा १२२८ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा १४ हजार ८२९ संक्रमित छन् भने ३०० जनाको ज्यान गएको छ । नेदरल्याण्ड्समा १० हजार ८६६ संक्रमित भएकोमा ७७१ जनाको मृत्यु भएको छ । बेल्जियममा १० हजार ८३६ संक्रमित भएकोमा ४३१ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियामा ९६६१ जना कोरोनाबाट प्रभावित छन् भने १५८ जनाको मृत्यु भएको छ । टर्की ९२१७ संक्रमित रहेकोमा १३१ जनाको मृत्यु भएको छ । अस्ट्रियामा ८७८८ संक्रमित भएकोमा ८६ जनाको ज्यान गएको छ ।
यस्तै, क्यानडामा ६५, पोर्चुगलमा ११९, नर्वेमा २५, डेनमार्कमा ७२, अस्ट्रेलियामा १७, स्वीडेनमा ११०, ब्राजिलमा १३६ जनाको मृत्यु भएको छ । जापानमा १८६६ संक्रमित छन् भने ५४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । यस्तै, भारतमा २९ जनाको मृत्यु भएको छ भने १०७१ संक्रमित छन् । पाकिस्तानमा १८, थाइल्याण्डमा ७ र बंगलादेशमा ५ र अफगानिस्तानमा ४ जनाको मृत्यु भएको छ ।
नेपालमा पनि पाँच व्यक्तिमा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । सरकारले कोरोनाको रोकथामका लागि पुनः आठ दिन थप गरी चैत २६ गतेसम्म लकडाउन गरेको छ । एजेन्सीहरुको सहयोगमा