
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को विश्वव्यापी महामारीबाट सोमबार रातिसम्म ३५ हजार ३३९ जनाको ज्यान गएको छ ।
यस महामारीले १९९ देश र आसपासका समुदायलाई समुदाय ग्रसित र त्रसित बनाएको छ । यस भाइरसबाट हालसम्म ७ लाख ४२ हजार २३६ मानिस संक्रमित भएकोमा १ लाख ५७ हजार ४३ जना निको भई घर फर्किएका छन् ।
अझै पाँच लाख ५० हजार मानिसको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना संक्रमितमध्ये विश्वभर २८ हजार ४८२ को अवस्था गम्भीर रहेको छ । गत चौबिसघन्टामा १८ हजार ८९३ जना नयाँ संक्रमित थपिएका छन् ।
चीनको बुहान सहरबाट उत्पत्ति भएको यस भाइरसको प्रकोपबाट चीनले भने त्राण पाउन थालेको छ । चीनमा यो भाइरस नियन्त्रणउन्मुख भइरहँदा युरोप, अमेरिका, अफ्रिकालगायत एसियाली देशहरुमा भयावह बन्दै गएको छ ।
कोरोना भाइरसको चपेटामा सबैभन्दा बढी अमेरिका आक्रान्त भएको छ । यहाँ १ लाख ४४ हजार ४१० जना संक्रमित भएका छन्, जसमध्ये २६०० जनाले ज्यान गुमाएका छन् । एक लाख ३७ हजार २३७ जनाको उपचार जारी छ ।
इटालीमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित गतिमा बढिरहेको पाइएको छ । तीन दिनयताको संक्रमणको तीव्रता र मृत्यु हुनेको संख्या हेर्दा इटालीमा यस महामारी नियन्त्रण बाहिर गइसकेको प्रष्ट भएको छ । इटालीमा हालसम्म ९७ हजार ६८९ जना संक्रमित भएकोमा १० हजार ७७९ जनाको ज्यान गएको छ । इटालीमा शुक्रबार ९१९, शनिबार ८८९ र आइतबार ७५६ जनाको मृत्यु भएको छ ।
स्पेनमा ८५ हजार १९५ व्यक्ति संक्रमित छन् भने हालसम्म ७३४० बढीले ज्यान गुमाएका छन् । स्पेनमा शनिबार ८४४, आइतबार ८२१ र सोमबार ५३७ जनाले ज्यान गुमाएका छन् ।
चीनमा ८१ हजार ४७० संक्रमित भएकोमा ३३०४ जनाले ज्यान गुमाएका छन् । चीनमा ७५ हजार ७०० जना उपचारपश्चात् घर फर्किएका छन् । हाल २४६६ जनाको उपचार जारी छ । जसमा ६३३ को अवस्था गम्भीर छ ।
यस्तै, जर्मनीमा ६३ हजार ९२९ संक्रमित छन् भने ५६० जनाको मृत्यु भएको छ । इरानमा ४१ हजार ४९५ जना संक्रमित भएकोमा २७५७ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा ४० हजार १७४ संक्रमित छन् भने २६०६ जनाको मृत्यु भएको छ ।
यसैगरी, युकेमा १९ हजार ५२२ संक्रमित भएकोमा १४१५ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा १५ हजार ५२६ संक्रमित छन् भने ३३३ जनाको ज्यान गएको छ । बेल्जियममा ११ हजार ८९९ संक्रमित भएकोमा ५१३ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा ११ हजार ७५० संक्रमित भएकोमा ८६४ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियामा ९६६१ जना कोरोनाबाट प्रभावित छन् भने १५८ जनाको मृत्यु भएको छ । अस्ट्रियामा ९३७७ संक्रमित भएकोमा १०८ जनाको ज्यान गएको छ । टर्की ९२१७ संक्रमित रहेकोमा १३१ जनाको मृत्यु भएको छ ।
यस्तै, क्यानडामा ६७, पोर्चुगलमा १४०, नर्वेमा ३१, डेनमार्कमा ७७, अस्ट्रेलियामा १८, स्वीडेनमा १४६, ब्राजिलमा १४० जनाको मृत्यु भएको छ । जापानमा १८६६ संक्रमित छन् भने ५४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । यस्तै, भारतमा २९ जनाको मृत्यु भएको छ भने १०७१ संक्रमित छन् । पाकिस्तानमा २०, थाइल्याण्डमा ९ र बंगलादेशमा ५ र अफगानिस्तानमा ४ जनाको मृत्यु भएको छ ।
नेपालमा पनि पाँच व्यक्तिमा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । सरकारले कोरोनाको रोकथामका लागि पुनः आठ दिन थप गरी चैत २६ गतेसम्म लकडाउन गरेको छ । एजेन्सीहरुको सहयोगमा