काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वका २०० देशका आसपास क्षेत्र एवम् दुई अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट हालसम्म करिब आठ लाख मानिस प्रभावित भइसकेका छन् । यसको विश्वव्यापी प्रकोपबाट मंगलबार बिहानसम्म करिब ३८ हजार (३७ हजार ८१४) मानिसको ज्यान गइसकेको छ ।

कुल संक्रमितमध्ये ५ लाख ८५ हजार २९५ बिरामीको उपचार भइरहेको र एक लाख ६५ हजार ६०६ मानिस उपचारपश्चात् घर फर्किसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जसमा २९ हजार ४८८ व्यक्तिको अवस्था जटिल रहेको बताइएको छ ।

चीनले यस भाइरसको प्रकोपबाट त्राण पाउन थालेको छ । चीनमा यो भाइरस नियन्त्रणउन्मुख भइरहेको छ । चीनमा कुल ८१ हजार ५१८ जना संक्रमित भएकोमा ७६ हजार ५२ जना निको भइरहेका छन् । अब २१६१ को उपचार जारी रहेकोमा ५२८ को अवस्था जटिल छ । चीनमा चौबीसघन्टायता ५ जनाको मृत्यु भएको छ । चीनमा ज्यान गुमाउनेको संख्या ३३०५ पुगेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिका संक्रमित भएको छ । अमेरिकामा अस्वाभाविक र चमत्कारिक ढंगले संक्रमितको संख्या वृद्धि भइरहेको छ । यहाँ १ लाख ६४ हजार २४८ जना संक्रमित भएका छन्, जसमध्ये ३१६४ जनाले ज्यान गुमाएका छन् । एक लाख ५५ हजार ५७८ जनाको उपचार जारी छ ।

इटालीमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित गतिमा बढिरहेको पाइएको छ । चार दिनयताको संक्रमणको तीव्रता र मृत्यु हुनेको संख्या हेर्दा इटालीमा यस महामारी नियन्त्रण बाहिर गइसकेको प्रष्ट भएको छ । इटालीमा हालसम्म एक लाख एकहजार ७३९ जना संक्रमित भएकोमा ११ हजार ५९१ जनाको ज्यान गएको छ ।

इटालीमा शुक्रबार ९१९, शनिबार ८८९, आइतबार ७५६ र सोमबार ८१२ जनाको मृत्यु भएको थियो ।

स्पेनमा ८७ हजार ९५६ व्यक्ति संक्रमित छन् भने हालसम्म ७७१६ बढीले ज्यान गुमाएका छन् । स्पेनमा शनिबार ८४४, आइतबार ८२१ र सोमबार ५३७ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, जर्मनीमा ६८ हजार ८८५ संक्रमित छन् भने ६४५ जनाको मृत्यु भएको छ ।

फ्रान्समा ४४ हजार ५५० संक्रमित छन् भने ३०२४ जनाको मृत्यु भएको छ । एकै दिन ४१८ को मृत्यु भएको छ ।

इरानमा ४१ हजार ४९५ जना संक्रमित भएकोमा २७५७ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, युकेमा २२ हजार १४१ संक्रमित भएकोमा १४०८ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा १५ हजार ९२२ संक्रमित छन् भने ३५९ जनाको ज्यान गएको छ । बेल्जियममा ११ हजार ८९९ संक्रमित भएकोमा ५१३ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा ११ हजार ७५० संक्रमित भएकोमा ८६४ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियामा ९६६१ जना कोरोनाबाट प्रभावित छन् भने १५८ जनाको मृत्यु भएको छ । अस्ट्रियामा ९३७७ संक्रमित भएकोमा १०८ जनाको ज्यान गएको छ । टर्की ९२१७ संक्रमित रहेकोमा १३१ जनाको मृत्यु भएको छ ।

यस्तै, क्यानडामा ९२, पोर्चुगलमा १४०, नर्वेमा ३१, डेनमार्कमा ७७, अस्ट्रेलियामा १९, स्वीडेनमा १४६, ब्राजिलमा १६५ जनाको मृत्यु भएको छ । जापानमा १९५३ संक्रमित छन् भने ५६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, भारतमा ३२ जनाको मृत्यु भएको छ भने १२५१ संक्रमित छन् । पाकिस्तानमा २१, थाइल्याण्डमा ९ र बंगलादेशमा ५ र अफगानिस्तानमा ४ जनाको मृत्यु भएको छ ।

नेपालमा पनि पाँच व्यक्तिमा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । सरकारले कोरोनाको रोकथामका लागि पुनः आठ दिन थप गरी चैत २६ गतेसम्म लकडाउन गरेको छ । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया