काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रकोपबाट मंगलबार रातिसम्म ४० हजार ६५५ भन्दा बढी मानिसको ज्यान गएको छ । यस महामारीले २०१ देश र आसपासका समुदायलाई समुदाय नराम्ररी ग्रसित र त्रसित बनाएको छ । यस भाइरसबाट हालसम्म ८ लाख २५ हजार २५५ बढी मानिस संक्रमित भएकोमा १ लाख ७४ हजार ३५९ मानिस निको भई घर फर्किएका छन् ।

अझै छ लाख १० हजार मानिसको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना संक्रमितमध्ये विश्वभर ३० हजार ८६८ को अवस्था गम्भीर रहेको छ । गत चौबिसघन्टामा ४० हजारभन्दा बढी नयाँ संक्रमित थपिएकामा २८८७ को मृत्यु भएको छ ।

चीनको बुहान सहरबाट उत्पत्ति भएको यस भाइरसको प्रकोपबाट चीनले भने त्राण पाउन थालेको छ । चीनमा यो भाइरस नियन्त्रणउन्मुख भइरहँदा युरोप, अमेरिका, अफ्रिकालगायत एसियाली देशहरुमा भयावह रुपमा फैलिँदै गएको छ । जसका कारण विश्वका कैयौँ देशमा अहिले लकडाउन, कर्फ्यु लगाइएका छन् ।

कोरोना भाइरसको चपेटामा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका परेको छ । अमेरिकामा अस्वाभाविक र चमत्कारिक ढंगले संक्रमितको संख्या बढेको छ । यहाँ १ लाख ७५ हजार ६६९ जना संक्रमित भएका छन्, जसमध्ये ३४२४ जनाले ज्यान गुमाएका छन् । एक लाख ६६ हजार भन्दा बढीकाृ उपचार जारी छ ।

इटालीमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित गतिमा फैलिएको पाइएको छ । चार दिनयतामात्रको संक्रमण र मृत्यु हुनेको संख्या हेर्दा इटालीमा यस महामारी नियन्त्रण बाहिर गएको प्रष्ट हुन्छ । इटालीमा हालसम्म एक लाख ५ हजार ७९२ जना संक्रमित भएकोमा १२ हजार ४२८ जनाको ज्यान गएको छ । इटालीमा शुक्रबार ९१९, शनिबार ८८९, आइतबार ७५६, सोमबार ८१२ र मंगलबार ८३७ जनाको मृत्यु भएको छ ।

स्पेनमा ९४ हजार ४१७ व्यक्ति संक्रमित छन् भने हालसम्म ८२६९ बढीले ज्यान गुमाएका छन् । स्पेनमा शनिबार ८४४, आइतबार ८२१, सोमबार ५३७ र मंगलबार ५५३ जनाले ज्यान गुमाएका छन् ।

चीनमा ८१ हजार ५१८ संक्रमित भएकोमा ३३०५ जनाले ज्यान गुमाएका छन् । चीनमा ७६ हजार ५२ जना उपचारपश्चात् घर फर्किएका छन् । हाल २१६१ जनाको उपचार जारी छ । जसमा ५१८ को अवस्था जटिल छ ।

यस्तै, जर्मनीमा ६८ हजार १८० संक्रमित छन् भने ६८२ जनाको मृत्यु भएको छ । इरानमा ४४ हजार ६०५ जना संक्रमित भएकोमा २८९८ जनाले ज्यान गुमाएका छन् ।

फ्रान्समा ४४ हजार ५५० संक्रमित छन् भने ३०२४ जनाको मृत्यु भएको छ । युकेमा २५ हजार १५० संक्रमित भएकोमा १७८९ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा १६ हजार १७६ संक्रमित छन् भने ३९५ जनाको ज्यान गएको छ । बेल्जियममा १२ हजार ७७५ संक्रमित भएकोमा ७०५ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा १२ हजार ५९५ संक्रमित भएकोमा १०३९ जनाको मृत्यु भएको छ ।

यसैगरी, दक्षिण कोरियामा १६२, अस्ट्रियामा १२८, टर्कीमा १६८, क्यानडामा ९२, पोर्चुगलमा १६०, नर्वेमा ३९, डेनमार्कमा ९०, अस्ट्रेलियामा १९, स्वीडेनमा १८०, ब्राजिलमा १६५ र जापानमा ५६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, भारतमा ३२, पाकिस्तानमा २५, थाइल्याण्डमा १०, बंगलादेशमा ५ र अफगानिस्तानमा ४ जनाको मृत्यु भएको छ ।

नेपालमा पनि पाँच व्यक्तिमा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भई घर फर्किएका छन् । सरकारले कोरोनाको रोकथामका लागि एक साता र पुनः आठ दिन थप गरी चैत २६ गतेसम्म लकडाउन गरेको छ । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया