काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रकोपबाट बुधबार दिउँसोसम्म ४२ हजार ३५३ भन्दा बढी मानिसको ज्यान गएको छ । यस महामारीले २०३ देश र आसपासका समुदायलाई समुदाय नराम्ररी ग्रसित र त्रसित बनाएको छ । यस भाइरसबाट हालसम्म ८ लाख ६० हजार ६९६ मानिस संक्रमित भएकोमा १ लाख ७८ हजार ५३७ मानिस निको भई घर फर्किएका छन् ।
अझै छ लाख ४० हजार मानिसको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना संक्रमितमध्ये विश्वभर ३३ हजार ९२ को अवस्था गम्भीर रहेको छ ।
चीनको बुहान सहरबाट उत्पत्ति भएको यस भाइरसको प्रकोपबाट चीनले भने त्राण पाउन थालेको छ । चीनमा यो भाइरस नियन्त्रणउन्मुख भइरहँदा युरोप, अमेरिका, अफ्रिकालगायत एसियाली देशहरुमा भयावह रुपमा फैलिँदै गएको छ । जसका कारण विश्वका कैयौँ देशमा अहिले लकडाउन र कर्फ्यु लगाइएका छन् ।
कोरोना भाइरसको चपेटामा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका परेको छ । अमेरिकामा अस्वाभाविक र चमत्कारिक ढंगले संक्रमितको संख्या बढेको छ । यहाँ १ लाख ८८ हजार ५९२ जना संक्रमित भएका छन्, जसमध्ये ४०५५ जनाले ज्यान गुमाएका छन् । एक लाख ७७ हजार २८६ को उपचार जारी छ ।
इटालीमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित गतिमा फैलिएको पाइएको छ । चार दिनयतामात्रको संक्रमण र मृत्यु हुनेको संख्या हेर्दा इटालीमा यस महामारी नियन्त्रण बाहिर गएको प्रष्ट हुन्छ । इटालीमा हालसम्म एक लाख ५ हजार ७९२ जना संक्रमित भएकोमा १२ हजार ४२८ जनाको ज्यान गएको छ । इटालीमा शुक्रबार ९१९, शनिबार ८८९, आइतबार ७५६, सोमबार ८१२ र मंगलबार ८३७ जनाको मृत्यु भएको छ ।
स्पेनमा ९५ हजार ९२३ व्यक्ति संक्रमित छन् भने हालसम्म ८४६४ बढीले ज्यान गुमाएका छन् । स्पेनमा शनिबार ८४४, आइतबार ८२१, सोमबार ५३७ र मंगलबार ५५३ जनाले ज्यान गुमाएका छन् ।
चीनमा ८१ हजार ५५४ संक्रमित भएकोमा ३३१२ जनाले ज्यान गुमाएका छन् । चीनमा ७६ हजार २३८ जना उपचारपश्चात् घर फर्किएका छन् । हाल २००४ जनाको उपचार जारी छ । जसमा ४६६ को अवस्था जटिल छ ।
यस्तै, जर्मनीमा ७१ हजार ८०८ संक्रमित छन् भने ७७५ जनाको मृत्यु भएको छ । इरानमा ४४ हजार ६०५ जना संक्रमित भएकोमा २८९८ जनाले ज्यान गुमाएका छन् ।
फ्रान्समा ५२ हजार १२८ संक्रमित छन् भने ३५२३ जनाको मृत्यु भएको छ । फ्रान्समा एकै दिन ४९९ को ज्यान गएको छ । युकेमा २५ हजार १५० संक्रमित भएकोमा १७८९ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा १६ हजार ६०५ संक्रमित छन् भने ४३३ जनाको ज्यान गएको छ । बेल्जियममा १२ हजार ७७५ संक्रमित भएकोमा ७०५ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा १२ हजार ५९५ संक्रमित भएकोमा १०३९ जनाको मृत्यु भएको छ ।
यसैगरी, दक्षिण कोरियामा १६५, अस्ट्रियामा १२८, टर्कीमा २१४, ब्राजिलमा २०२, क्यानडामा १०१, पोर्चुगलमा १६०, नर्वेमा ३९, डेनमार्कमा ९०, अस्ट्रेलियामा २१, स्वीडेनमा १८०, र जापानमा ५७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै, भारतमा ४५, पाकिस्तानमा २६, थाइल्याण्डमा १२, बंगलादेशमा ५ र अफगानिस्तानमा ४ जनाको मृत्यु भएको छ ।
नेपालमा पनि पाँच व्यक्तिमा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भई घर फर्किएका छन् । सरकारले कोरोना संक्रमणको रोकथामका लागि एक साता र पुनः आठ दिन थप गरी चैत २६ गतेसम्म लकडाउन गरेको छ । एजेन्सीहरुको सहयोगमा











