काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को प्रकोपका कारण विश्वभर २०४ देशका मानिसलाई शोक, रोग र सन्नाटा मच्चाएको छ । यस महामारीबाट शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या ५३ हजार १९८ पुगेको छ ।

संसारभर १० लाख १५ हजार ५४६ जना संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ७ लाख ५० हजार ४७ को उपचार जारी छ भने २ लाख १२ हजार २२९ जना निको भएका छन् । ३७ हजार ६९६ को अवस्था जटिल रहेको छ ।

कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभावित बनेको संयुक्तराज्य अमेरिकामा दुई लाख ५५ हजार ६६ कुल सङ्क्रमित भएका छन् भने ६०७५ जनाको मृत्यु भएको छ । अमेरिकामा २ लाख २८ हजार ५८८ जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकामा एकै दिन ९६८ ले ज्यान गुमाएका छन् ।

इटालीमा एक लाख १५ हजार २४२ संक्रमित भएका छन् भने १३ हजार ९१५ जनाले ज्यान गुमाएका छन् । जसमा बुधबार ७२७ र बिहीबार ७६० जनाको मृत्यु भएको छ ।

स्पेनमा एक लाख १२ हजार ६५ कुल सङ्क्रमित भएका छन् भने १० हजार ३४८ जनाको मृत्यु भएको छ । बिहीबारमात्रै ९६१ जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा ८४ हजार ७९४ कुल सङ्क्रमित भएका छन् भने ११०७ को मृत्यु भएको छ ।

चीनमा ८१ हजार ५८९ कुल सङ्क्रमित भएका छन् भने ३३१८ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७६ हजार ४०८ रहेको छ । चीनमा हाल १८६३ जनाको उपचार जारी रहेकोमा ४२९ को अवस्था जटिल छ ।

यस्तै, फ्रान्समा ५९ हजार १०५ कुल सङ्क्रमित भएका छन् भने ५३८७ को मृत्यु भएको छ । फ्रान्समा एकै दिन १३५५ जनाले ज्यान गुमाएका छन् । यो कोरोनाबाट हालसम्मकै उच्च मृत्यु हो ।

इरानमा ५० हजार ४६८ कुल सङ्क्रमित भएका छन् भने ३१६० व्यक्तिको मृत्यु भएको छ ।

बेलायतमा ३३ हजार ७१८ कुल सङ्क्रमित भएका छन् भने २९२१ को मृत्यु भएको छ । बेलायतमा बुधबार ५६३ र बिहीबार ५६९ ले ज्यान गुमाएका छन् ।

स्वीट्जरल्याण्डमा १८ हजार ८२७ संक्रमित छन् भने ५३६ जनाको ज्यान गएको छ । बेल्जियममा १५ हजार ३४८ संक्रमित भएकोमा १०११ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा १४ हजार ६९७ संक्रमित भएकोमा १३३९ जनाको मृत्यु भएको छ ।

यसैगरी, दक्षिण कोरियामा १७४, अस्ट्रियामा १५८, टर्कीमा ३५६, क्यानडामा १३१, पोर्चुगलमा २०९, डेनमार्कमा १२३ र जापानमा ५७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, भारतमा कुल २५४३ संक्रमित भएकोमा ७२ जनाको ज्यान गएको छ । पाकिस्तानमा २४२१ संक्रमित भएकोमा ३४, थाइल्याण्डमा १५, बंगलादेशमा ६ र अफगानिस्तानमा ४ जनाको मृत्यु भएको छ । अन्य दक्षिण एसियाली मुलुकमा भने सङ्क्रमण न्यून सङ्ख्यामा देखिएको छ ।

नेपालमा पनि छ व्यक्तिमा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भई घर फर्किएका छन् । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया