काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण आइतबार बिहानसम्म विश्वभर २०६ देशका १२ लाख २ हजार जना मानिस बिरामी भएका छन् ।

यस महामारीबाट मृत्यु हुनेको संख्या ६४ हजार ७२७ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ८ लाख ९० हजार ५९९ को उपचार जारी छ भने २ लाख ४६ हजार ६३८ जना निको भई घर फिरेका छन् । उपचाररत संक्रमितमध्ये ४२ हजार २९० को अवस्था गम्भीर रहेको कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ ।

कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी संकट संयुक्तराज्य अमेरिकामा उत्पन्न भएको छ । यहाँ तीन लाख ११ हजार ३५७ कुल सङ्क्रमित भएका छन् भने ८४५२ जनाको मृत्यु भएको छ । अमेरिकामा २ लाख ८८ हजार ८० जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकामा शुक्रबार अत्यधिक १३२१ जनाले ज्यान गुमाएका थिए भने ३२ हजार २८४ जना संक्रमित भएका थिए । शनिबार ३४ हजार १९६ संक्रमित भएकोमा १३३१ जनाले ज्यान गुमाएका छन् ।

स्पेनमा एक लाख २४ हजार ६३२ कुल सङ्क्रमित भएका छन् भने ११ हजार ९४७ जनाको मृत्यु भएको छ । स्पेनमा बिहीबार ९६१, शुक्रबार ८५० र शनिबार ७४९ जनाले ज्यान गुमाएका छन् ।

यस्र्त, इटालीमा कुल एक लाख २४ हजार ६३२ संक्रमित भएका छन् भने १५ हजार ३६२ जनाले ज्यान गुमाएका छन् । जसमा बुधबार ७२७, बिहीबार ७६०, शुक्रबार ७६६ र शनिबार ६८१ जनाको मृत्यु भएको छ ।

जर्मनीमा ९६ हजार ९२ कुल सङ्क्रमित भएका छन् भने १४४४ को मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा ८९ हजार ९५३ कुल सङ्क्रमित भएका छन् भने ७५६० को मृत्यु भएको छ । फ्रान्समा बिहीबार १३५५, शुक्रबार ११२० र शनिबार १०५३ जनाले ज्यान गुमाएका छन् ।

चीनमा ८१ हजार ६६९ कुल सङ्क्रमित भएका छन् भने ३३२९ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७६ हजार ९६४ रहेको छ । चीनमा हाल १३७६ जनाको उपचार जारी रहेकोमा २९५ को अवस्था जटिल छ ।

इरानमा ५५ हजार ७४३ कुल सङ्क्रमित भएका छन् भने ३४५२ व्यक्तिको मृत्यु भएको छ ।

बेलायतमा ४१ हजार ९०३ कुल सङ्क्रमित भएका छन् भने ४३१३ को मृत्यु भएको छ । बेलायतमा बुधबार ५६३, बिहीबार ५६९, शुक्रबार ६८४ र शनिबार ७०८ जनाले ज्यान गुमाएका छन् ।

स्वीट्जरल्याण्डमा २० हजार ५०५ संक्रमित छन् भने ६६६ जनाको ज्यान गएको छ । बेल्जियममा १८ हजार ४३१ संक्रमित भएकोमा १२८३ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा १६ हजार ६२७ संक्रमित भएकोमा १६५१ जनाको मृत्यु भएको छ ।

यसैगरी, दक्षिण कोरियामा १८३, अस्ट्रियामा १८६, टर्कीमा ५०१, क्यानडामा २३१, पोर्चुगलमा २६६, डेनमार्कमा १६१ र जापानमा ७७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, भारतमा कुल ३५८८ संक्रमित भएकोमा ९९ जनाको ज्यान गएको छ । पाकिस्तानमा २८१८ संक्रमित भएकोमा ४१, थाइल्याण्डमा २०, बंगलादेशमा ६ र अफगानिस्तानमा ६ जनाको मृत्यु भएको छ ।

अन्य दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसको सङ्क्रमण न्यून सङ्ख्यामा देखिएको छ । नेपालमा हालसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । -एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया