काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को संक्रमणका कारण आइतबार राति ११ बजेसम्म विश्वभर २०८ देशका १२ लाख ५३ हजार ३२९ जना मानिस बिरामी भएका छन् ।
यस महामारीबाट मृत्यु हुनेको संख्या ६८ हजार १४२ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ९ लाख २७ हजार ८९२ को उपचार जारी छ भने २ लाख ५७ हजार १३९ जना निको भई घर फिरेका छन् । उपचाररत संक्रमितमध्ये ४५ हजार ३८० को अवस्था गम्भीर रहेको कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ ।
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी संकट संयुक्तराज्य अमेरिकामा उत्पन्न भएको छ । यहाँ तीन लाख २७ हजार ८४८ कुल सङ्क्रमित भएका छन् भने ९३२५ जनाको मृत्यु भएको छ । अमेरिकामा ३ लाख १ हजार ८२३ जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकामा शुक्रबार अत्यधिक १३२१ जनाले ज्यान गुमाएका थिए भने ३२ हजार २८४ जना संक्रमित भएका थिए । शनिबार ३४ हजार १९६ संक्रमित भएकोमा १३३१ जनाले ज्यान गुमाए भने आइतबार राति ११ बजेसम्म ८७३ ले ज्यान गुमाएका छन् ।
स्पेनमा एक लाख ३० हजार ७५९ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ४१८ जनाको मृत्यु भएको छ । स्पेनमा बिहीबार ९६१, शुक्रबार ८५०, शनिबार ७४९ र आइतबार ४७१जनाले ज्यान गुमाएका छन् ।
यसैगरी, इटालीमा कुल एक लाख २८ हजार ९४८ संक्रमित भएका छन् भने १५ हजार ८८७ जनाले ज्यान गुमाएका छन् । जसमा बुधबार ७२७, बिहीबार ७६०, शुक्रबार ७६६, शनिबार ६८१ र आइतबार ५२५ को मृत्यु भएको छ ।
जर्मनीमा ९८ हजार ७६५ कुल सङ्क्रमित भएका छन् भने १५२४ को मृत्यु भएको छ ।
यस्तै, फ्रान्समा ८९ हजार ९५३ कुल सङ्क्रमित भएका छन् भने ७५६० को मृत्यु भएको छ । फ्रान्समा बिहीबार १३५५, शुक्रबार ११२० र शनिबार १०५३ जनाले ज्यान गुमाएका छन् ।
चीनमा ८१ हजार ६६९ कुल सङ्क्रमित भएका छन् भने ३३२९ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७६ हजार ९६४ रहेको छ । चीनमा हाल १३७६ जनाको उपचार जारी रहेकोमा २९५ को अवस्था जटिल छ ।
इरानमा ५८ हजार २२६ कुल सङ्क्रमित भएका छन् भने ३६०३ व्यक्तिको मृत्यु भएको छ ।
बेलायतमा ४७ हजार ८०६ कुल सङ्क्रमित भएका छन् भने ४९३४ को मृत्यु भएको छ । बेलायतमा बुधबार ५६३, बिहीबार ५६९, शुक्रबार ६८४, शनिबार ७०८ र आइतबार ६२१जनाले ज्यान गुमाएका छन् ।
स्वीट्जरल्याण्डमा २१ हजार २१ संक्रमित छन् भने ६८५ जनाको ज्यान गएको छ । बेल्जियममा १९ हजार ६९१ संक्रमित भएकोमा १४४७ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा १७ हजार ८५१ संक्रमित भएकोमा १७६६ जनाको मृत्यु भएको छ ।
यसैगरी, दक्षिण कोरियामा १८३, अस्ट्रियामा २०४, टर्कीमा ५०१, क्यानडामा २५८, पोर्चुगलमा २९५, डेनमार्कमा १७९ र जापानमा ७७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै, भारतमा कुल ३५८८ संक्रमित भएकोमा ९९ जनाको ज्यान गएको छ । पाकिस्तानमा २८१८ संक्रमित भएकोमा ४१, थाइल्याण्डमा २०, बंगलादेशमा ६ र अफगानिस्तानमा ६ जनाको मृत्यु भएको छ ।
अन्य दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसको सङ्क्रमण न्यून सङ्ख्यामा देखिएको छ । नेपालमा हालसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । एजेन्सीहरुको सहयोगमा











