
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण सोमबार बिहानसम्म विश्वभर २०८ देशका १२ लाख ७३ हजार ७०९ जना मानिस बिरामी भएका छन् ।
यस महामारीबाट मृत्यु हुनेको संख्या ६९ हजार ४५६ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ९ लाख ४१ हजार ७६७ को उपचार जारी छ भने २ लाख ६२ हजार ४८६ जना निको भई घर फिरेका छन् । उपचाररत संक्रमितमध्ये ४५ हजार ५९२ को अवस्था गम्भीर रहेको कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ ।
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी संकट संयुक्तराज्य अमेरिकामा उत्पन्न भएको छ । यहाँ तीन लाख ३६ हजार ८३० कुल सङ्क्रमित भएका छन् भने ९६१८ जनाको मृत्यु भएको छ । अमेरिकामा ३ लाख ९ हजार २३५ जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकामा शुक्रबार अत्यधिक १३२१ जना, शनिबार १३३१ जना र आइतबार ११६५ जनाले ज्यान गुमाएका छन् । न्यूयोर्कमा मात्र १ लाख २३ हजार १८ संक्रमित भएकोमा ४१५९ ले ज्यान गुमाएका छन् । जसमा आइतबारमात्रै ५९४ को मृत्यु भएको थियो ।
स्पेनमा एक लाख ३१ हजार ६४६ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ६४१ जनाको मृत्यु भएको छ । स्पेनमा बिहीबार ९६१, शुक्रबार ८५०, शनिबार ७४९ र आइतबार ६९४ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी, इटालीमा कुल एक लाख २८ हजार ९४८ संक्रमित भएका छन् भने १५ हजार ८८७ जनाले ज्यान गुमाएका छन् । जसमा बुधबार ७२७, बिहीबार ७६०, शुक्रबार ७६६, शनिबार ६८१ र आइतबार ५२५ को मृत्यु भएको छ ।
जर्मनीमा १ लाख १२३ कुल सङ्क्रमित भएका छन् भने १५८४ को मृत्यु भएको छ ।
यस्तै, फ्रान्समा ९२ हजार ८३९ कुल सङ्क्रमित भएका छन् भने ८०७८ को मृत्यु भएको छ । फ्रान्समा बिहीबार १३५५, शुक्रबार ११२०, शनिबार १०५३ र आइतबार ५१८ जनाले ज्यान गुमाएका छन् ।
चीनमा ८१ हजार ७०८ कुल सङ्क्रमित भएका छन् भने ३३३१ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार ७८ रहेको छ । चीनमा हाल १२९९ जनाको उपचार जारी रहेकोमा २६५ को अवस्था जटिल छ ।
इरानमा ५८ हजार २२६ कुल सङ्क्रमित भएका छन् भने ३६०३ व्यक्तिको मृत्यु भएको छ ।
बेलायतमा ४७ हजार ८०६ कुल सङ्क्रमित भएका छन् भने ४९३४ को मृत्यु भएको छ । बेलायतमा बुधबार ५६३, बिहीबार ५६९, शुक्रबार ६८४, शनिबार ७०८ र आइतबार ६२१ जनाले ज्यान गुमाएका छन् ।
स्वीट्जरल्याण्डमा २१ हजार १०० संक्रमित छन् भने ७१५ जनाको ज्यान गएको छ । बेल्जियममा १९ हजार ६९१ संक्रमित भएकोमा १४४७ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा १७ हजार ८५१ संक्रमित भएकोमा १७६६ जनाको मृत्यु भएको छ ।
यसैगरी, दक्षिण कोरियामा १८६, अस्ट्रियामा २०४, टर्कीमा ५०१, क्यानडामा २५८, पोर्चुगलमा २९५, डेनमार्कमा १७९ र जापानमा ७७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै, भारतमा कुल ४२८८ संक्रमित भएकोमा ११७ जनाको ज्यान गएको छ । पाकिस्तानमा ३१५७ संक्रमित भएकोमा ४७, थाइल्याण्डमा २३, बंगलादेशमा ९ र अफगानिस्तानमा ७ जनाको मृत्यु भएको छ ।
अन्य दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसको सङ्क्रमण न्यून सङ्ख्यामा देखिएको छ । नेपालमा हालसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । एजेन्सीहरुको सहयोगमा