काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण बुधबार बिहानसम्म विश्वभर २०९ देशका १४ लाख ३१ हजार ७८३ मानिस बिरामी भएका छन् । जसमा मृत्यु हुनेको संख्या ८२ हजार ८३ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कुल संक्रमितमध्ये १० लाख ४७ हजार ५५१ को उपचार जारी छ भने तीन लाख २ हजार १५० जना निको भई घर फिरेका छन् । उपचाररत संक्रमितमध्ये ४७ हजार ८९४ को अवस्था गम्भीर रहेको कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ ।

कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी संकट संयुक्तराज्य अमेरिकामा उत्पन्न भएको छ । यहाँ चार लाख ४८९ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ८५७ जनाको मृत्यु भएको छ । अमेरिकामा ३ लाख ६५ हजार ९५८ जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा शुक्रबार १३२१ जना, शनिबार १३३१ जना, आइतबार ११६५, सोमबार १२७०, मंगलबार सर्वाधिक १९७० जनाले ज्यान गुमाएका छन् । न्यूयोर्कमा मात्र १ लाख ४२ हजार ३८४ संक्रमित भएकोमा ५४८९ ले ज्यान गुमाएका छन् । सोमबार ५९९ र मंगलबार ७३१ को मृत्यु भएको छ ।

स्पेनमा एक लाख ४१ हजार ९४२ कुल सङ्क्रमित भएका छन् भने १४ हजार ४५ जनाको मृत्यु भएको छ । स्पेनमा बिहीबार ९६१, शुक्रबार ८५०, शनिबार ७४९, आइतबार ६९४, सोमबार ५२८ र मंगलबार ७०४ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, इटालीमा कुल एक लाख ३५ हजार ५८६ संक्रमित भएका छन् भने १७ हजार १२७ जनाले ज्यान गुमाएका छन् । जसमा बुधबार ७२७, बिहीबार ७६०, शुक्रबार ७६६, शनिबार ६८१, आइतबार ५२५, सोमबार ६३६ र मंगलबार ६०४ को मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ७ हजार ६६३ कुल सङ्क्रमित भएका छन् भने २०१६ को मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा एक लाख ९ हजार ६९ कुल सङ्क्रमित भएका छन् भने १० हजार ३२८ को मृत्यु भएको छ । फ्रान्समा बिहीबार १३५५, शुक्रबार ११२०, शनिबार १०५३ आइतबार ५१८, सोमबार ८३३ र मंगलबार १४१७ जनाले ज्यान गुमाएका छन् ।

चीनमा ८१ हजार ८०२ कुल सङ्क्रमित भएका छन् भने ३३३३ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार २७९ रहेको छ । चीनमा हाल ११९० जनाको उपचार जारी रहेकोमा २८९ को अवस्था जटिल छ ।

इरानमा ६२ हजार ५८९ कुल सङ्क्रमित भएका छन् भने ३८७२ व्यक्तिको मृत्यु भएको छ ।

बेलायतमा ५५ हजार २४२ कुल सङ्क्रमित भएका छन् भने ६१५९ को मृत्यु भएको छ । बेलायतमा बुधबार ५६३, बिहीबार ५६९, शुक्रबार ६८४, शनिबार ७०८, आइतबार ६२१, सोमबार ४३९ र मंगलबार ७८६ जनाले ज्यान गुमाएका छन् ।

स्वीट्जरल्याण्डमा २२ हजार २५३ संक्रमित छन् भने ८२१ जनाको ज्यान गएको छ । बेल्जियममा २२ हजार १९४ संक्रमित भएकोमा २०३५ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा १९ हजार ५८० संक्रमित भएकोमा २१०१ जनाको मृत्यु भएको छ ।

यसैगरी, क्यानडामा ३८१, ब्राजिल ६८८, अस्ट्रियामा २४३, टर्कीमा ७२५, स्वीडेन ५९१, पोर्चुगलमा ३४५, दक्षिण कोरियामा २००, डेनमार्कमा २०३ र जापानमा ९३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, भारतमा कुल ५३५१ संक्रमित भएकोमा १६० जनाको ज्यान गएको छ । पाकिस्तानमा ४०३५ संक्रमित भएकोमा ५७, थाइल्याण्डमा २७, बंगलादेशमा १२ र अफगानिस्तानमा ७ जनाको मृत्यु भएको छ ।

अन्य दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसको सङ्क्रमण न्यून सङ्ख्यामा देखिएको छ । नेपालमा हालसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख ३ गतेसम्म लकडाउन लागू गरेको छ । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया