काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नामको प्राणघातक भाइरस सङ्क्रमणबाट विश्वभरि १५ लाख १८ हजार ७१९ सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ८८ हजार ४९५ को मृत्यु भएको छ ।

यसैबीच, यस रोगबाट ३ लाख ३० हजार ५८९ जना भने निको भएका छन् । बिहीबार रातिसम्मको यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।

कुल २०९ देशका संक्रमितमध्ये १० लाख ९९ हजार ४३४ को उपचार जारी छ भने उपचाररत संक्रमितमध्ये ४८ हजार ७९ बिरामीको अवस्था गम्भीर रहेको कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ ।

कोरोना भाइरसको प्राणघातक संक्रमणबाट सबैभन्दा बढी संकट र महामारी संयुक्तराज्य अमेरिकामा उत्पन्न भएको छ । यहाँ चार लाख ३५ हजार १२८ कुल सङ्क्रमित भएका छन् भने १४ हजार ७९५ जनाको मृत्यु भएको छ । अमेरिकामा ३ लाख ९७ हजार ४४२ जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा शुक्रबार १३२१, शनिबार १३३१, आइतबार ११६५, सोमबार १२७०, मंगलबार सर्वाधिक १९७० र बुधबार १९४०जनाले ज्यान गुमाएका छन् । न्यूयोर्कमा मात्र १ लाख ५१ हजार १७१ संक्रमित भएकोमा ६२६८ ले ज्यान गुमाएका छन् । सोमबार ५९९ र मंगलबार ७३१ र बुधबार ७७९ को मृत्यु भएको छ ।

स्पेनमा एक लाख ४८ हजार २२० कुल सङ्क्रमित भएका छन् भने १४ हजार ७९२ जनाको मृत्यु भएको छ । स्पेनमा बिहीबार ९६१, शुक्रबार ८५०, शनिबार ७४९, आइतबार ६९४, सोमबार ५२८, मंगलबार ७०४ र बुधबारसम्म ७४७ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, इटालीमा कुल एक लाख ३९ हजार ४२२ संक्रमित भएका छन् भने १७ हजार ६६९ जनाले ज्यान गुमाएका छन् । जसमा बुधबार ७२७, बिहीबार ७६०, शुक्रबार ७६६, शनिबार ६८१, आइतबार ५२५, सोमबार ६३६, मंगलबार ६०४ र बुधबार ५४२ को मृत्यु भएको छ ।

जर्मनीमा १ लाख १३ हजार २९६ कुल सङ्क्रमित भएका छन् भने २३४९ को मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा एक लाख १२ हजार ९५० कुल सङ्क्रमित भएका छन् भने १० हजार ८६९ को मृत्यु भएको छ । फ्रान्समा बिहीबार १३५५, शुक्रबार ११२०, शनिबार १०५३ आइतबार ५१८, सोमबार ८३३, मंगलबार १४१७ र बुधबार ५४१ जनाले ज्यान गुमाएका छन् ।

चीनमा ८१ हजार ८६५ कुल सङ्क्रमित भएका छन् भने ३३३५ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार ३७० रहेको छ । चीनमा हाल ११६० जनाको उपचार जारी रहेकोमा १७६ को अवस्था जटिल छ ।

इरानमा ६४ हजार ५८६ कुल सङ्क्रमित भएका छन् भने ३९९३ व्यक्तिको मृत्यु भएको छ ।

बेलायतमा ६० हजार ७३३ कुल सङ्क्रमित भएका छन् भने ७०९७ को मृत्यु भएको छ । बेलायतमा बुधबार ५६३, बिहीबार ५६९, शुक्रबार ६८४, शनिबार ७०८, आइतबार ६२१, सोमबार ४३९, मंगलबार ७८६ र बुधबार सर्वाधिक ९३८ जनाले ज्यान गुमाएका छन् ।

बेल्जियममा २३ हजार ४०३ संक्रमित भएकोमा २२४० जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा २३ हजार २८० संक्रमित छन् भने ८९५ जनाको ज्यान गएको छ । नेदरल्याण्ड्समा २० हजार ५४९ संक्रमित भएकोमा २२४८ जनाको मृत्यु भएको छ ।

यसैगरी, टर्कीमा ८१२, , क्यानडामा ४२७, ब्राजिलमा ८२०, अस्ट्रियामा २७३, स्वीडेन ६८७, पोर्चुगलमा ३८०, दक्षिण कोरियामा २०४, डेनमार्कमा २१८ र जापानमा ९४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, भारतमा कुल ५९१६ संक्रमित भएकोमा १७८ जनाको ज्यान गएको छ । पाकिस्तानमा ४२६३ संक्रमित भएकोमा ६१, मलेसियामा ४११९ संक्रमित भएकोमा ६५, थाइल्याण्डमा ३०, बंगलादेशमा २० र अफगानिस्तानमा १४ जनाको मृत्यु भएको छ ।

अन्य दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसको सङ्क्रमण न्यून सङ्ख्यामा देखिएको छ । नेपालमा हालसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख ३ गतेसम्म लकडाउन लागू गरेको छ ।

हालसम्म कोरोना भाइरसको आशंकामा २३६६ को नमुना परीक्षण गरिएकोमा नौ जनामा मात्र कोरोना पुष्टि भएको हो । सातै प्रदेशमा सयौँको संख्यामा भएका परीक्षणको रिजल्ट भने नेगेटिभ देखिएको छ । -एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया