काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नामको प्राणघातक भाइरस सङ्क्रमणबाट विश्वभरि १६ लाख ३ हजार ८९६ व्यक्ति सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ९५ हजार ७३१ को मृत्यु भएको छ ।

यसैबीच, यस रोगबाट ३ लाख ५६ हजार ६५६ जना भने निको भएका छन् । शुक्रबार बिहानसम्मको यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।

कुल २०९ देशका संक्रमितमध्ये ११ लाख ५१ हजार ५०९ को उपचार जारी छ भने उपचाररत संक्रमितमध्ये ४९ हजार १२७ बिरामीको अवस्था गम्भीर रहेको कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ ।

कोरोना भाइरसको प्राणघातक संक्रमणबाट सबैभन्दा बढी संकट र महामारी संयुक्तराज्य अमेरिकामा उत्पन्न भएको छ । यहाँ चार लाख ६८ हजार ७११ कुल सङ्क्रमित भएका छन् भने १६ हजार ६९७ जनाको मृत्यु भएको छ । अमेरिकामा ४ लाख २६ हजार ८६ जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा शुक्रबार १३२१, शनिबार १३३१, आइतबार ११६५, सोमबार १२७०, मंगलबार सर्वाधिक १९७०, बुधबार १९४० र बिहीबार १९०० जनाले ज्यान गुमाएका छन् । न्यूयोर्कमा मात्र १ लाख ६१ हजार ५०४ संक्रमित भएकोमा ७०६७ ले ज्यान गुमाएका छन् । न्यूयोर्कमा सोमबार ५९९ र मंगलबार ७३१, बुधबार ७७९ र बिहीबार ७९९ जनाको मृत्यु भएको छ ।

स्पेनमा एक लाख ५३ हजार २२२ कुल सङ्क्रमित भएका छन् भने १५ हजार ४४७ जनाको मृत्यु भएको छ । स्पेनमा बिहीबार ९६१, शुक्रबार ८५०, शनिबार ७४९, आइतबार ६९४, सोमबार ५२८, मंगलबार ७०४, बुधबार ७४७ र बिहीबार ६५५ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, इटालीमा कुल एक लाख ४३ हजार ६२६ संक्रमित भएका छन् भने १८ हजार २७९ जनाले ज्यान गुमाएका छन् । जसमा बुधबार ७२७, बिहीबार ७६०, शुक्रबार ७६६, शनिबार ६८१, आइतबार ५२५, सोमबार ६३६, मंगलबार ६०४, बुधबार ५४२ र बिहीबार ६१० जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख १८ हजार २३५ कुल सङ्क्रमित भएका छन् भने २६०७ को मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा एक लाख १७ हजार ७४९ कुल सङ्क्रमित भएका छन् भने १२ हजार २१० को मृत्यु भएको छ । फ्रान्समा बिहीबार १३५५, शुक्रबार ११२०, शनिबार १०५३ आइतबार ५१८, सोमबार ८३३, मंगलबार १४१७, बुधबार ५४१ र बिहीबार १३४१ जनाले ज्यान गुमाएका छन् ।

चीनमा ८१ हजार ९०७ कुल सङ्क्रमित भएका छन् भने ३३३६ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार ४५५ रहेको छ । चीनमा हाल १११६ जनाको उपचार जारी रहेकोमा १४४ को अवस्था जटिल छ ।

इरानमा ६६ हजार २२० कुल सङ्क्रमित भएका छन् भने ४११० व्यक्तिको मृत्यु भएको छ ।

बेलायतमा ६५ हजार ७७ कुल सङ्क्रमित भएका छन् भने ७९७८ को मृत्यु भएको छ । बेलायतमा बुधबार ५६३, बिहीबार ५६९, शुक्रबार ६८४, शनिबार ७०८, आइतबार ६२१, सोमबार ४३९, मंगलबार ७८६, बुधबार सर्वाधिक ९३८ र बिहीबार ८८१ जनाले ज्यान गुमाएका छन् ।

बेल्जियममा २४ हजार ९८३ संक्रमित भएकोमा २५२३ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा २४ हजार ५१ संक्रमित छन् भने ९४८ जनाको ज्यान गएको छ ।

नेदरल्याण्ड्समा २१ हजार ७६२ संक्रमित भएकोमा २३९६ जनाको मृत्यु भएको छ ।

यसैगरी, टर्कीमा ९०८, , क्यानडामा ५०९, ब्राजिलमा ९५७, अस्ट्रियामा २९५, स्वीडेन ७९३, पोर्चुगलमा ४०९, दक्षिण कोरियामा २०८, डेनमार्कमा २३७ र जापानमा ९९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, भारतमा कुल ६७२५ संक्रमित भएकोमा २२७ जनाको ज्यान गएको छ । पाकिस्तानमा ४४८९ संक्रमित भएकोमा ६५, मलेसियामा ४२२८ संक्रमित भएकोमा ६७, थाइल्याण्डमा ३२, बंगलादेशमा २१, अफगानिस्तानमा १५ र युएईमा १४ जनाको ज्यान गएको छ ।

अन्य दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसको सङ्क्रमण न्यून सङ्ख्यामा देखिए पनि जोखिम भने उच्च छ । नेपालमा हालसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख ३ गतेसम्म लकडाउन लागू गरेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा २८९५ को नमुना परीक्षण गरिएकोमा नौ जनामा मात्र कोरोना पुष्टि भएको छ ।

[अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा]

तपाईको प्रतिक्रिया