काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वव्यापी प्रकोपका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण ११० देशका १७ लाख मानिस बिरामी भएकोमा ३ लाख ७६ हजार ३२७ जना उपचारपश्चात् घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठन, कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटर तथा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार शनिबार बिहानसम्म संसारभर एक लाख २ हजार ७३४ मानिसको निधन भएको छ । जसमा १२ लाख २० हजार ५७० जना बिरामीको उपचार भइरहेको छ भने ४९ हजार ८३० जनाको अवस्था जटिल रहेको बताइएको छ ।

कोरोना भाइरसको प्राणघातक संक्रमणबाट सबैभन्दा बढी संकट र महामारी संयुक्तराज्य अमेरिकामा उत्पन्न भएको छ । यहाँ पाँच लाख २ हजार ८७६ कुल सङ्क्रमित भएका छन् भने १८ हजार ७४७ जनाको मृत्यु भएको छ । अमेरिकामा ४ लाख ५६ हजार ८१५ जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा गत शुक्रबार १३२१, शनिबार १३३१, आइतबार ११६५, सोमबार १२७०, मंगलबार १९७०, बुधबार १९४०, बिहीबार १९०० र शुक्रबार सर्वाधिक २०३५ जनाले ज्यान गुमाएका छन् । न्यूयोर्कमा मात्र १ लाख ७२ हजार ३५८ संक्रमित भएकोमा ७८४४ ले ज्यान गुमाएका छन् । न्यूयोर्कमा सोमबार ५९९, मंगलबार ७३१, बुधबार ७७९, बिहीबार ७९९ र शुक्रबार ७७७ जनाको मृत्यु भएको छ ।

स्पेनमा एक लाख ५८ हजार २७३ कुल सङ्क्रमित भएका छन् भने १६ हजार ८१ जनाको मृत्यु भएको छ । स्पेनमा गत बिहीबार ९६१, शुक्रबार ८५०, शनिबार ७४९, आइतबार ६९४, सोमबार ५२८, मंगलबार ७०४, बुधबार ७४७, बिहीबार ६५५ र शुक्रबार ६३४ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, इटालीमा कुल एक लाख ४७ हजार ५७७ संक्रमित भएका छन् भने १८ हजार ८४९ जनाले ज्यान गुमाएका छन् । जसमा गत बुधबार ७२७, बिहीबार ७६०, शुक्रबार ७६६, शनिबार ६८१, आइतबार ५२५, सोमबार ६३६, मंगलबार ६०४, बुधबार ५४२, बिहीबार ६१० र शुक्रबार ५७० जनाको मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा एक लाख २४ हजार ८६९ कुल सङ्क्रमित भएका छन् भने १३ हजार १९७ को मृत्यु भएको छ । फ्रान्समा गत बिहीबार १३५५, शुक्रबार ११२०, शनिबार १०५३ आइतबार ५१८, सोमबार ८३३, मंगलबार १४१७, बुधबार ५४१, बिहीबार १३४१ र शुक्रबार ९८७ जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा १ लाख २२ हजार १७१ कुल सङ्क्रमित भएका छन् भने २७३६ को मृत्यु भएको छ ।

चीनमा ८१ हजार ९५३ कुल सङ्क्रमित भएका छन् भने ३३३९ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार ५२५ रहेको छ । चीनमा हाल १०८९ जनाको उपचार जारी रहेकोमा १४१ को अवस्था जटिल छ ।

बेलायतमा ७३ हजार ७५८ कुल सङ्क्रमित भएका छन् भने ८९५८ को मृत्यु भएको छ । बेलायतमा बुधबार ५६३, बिहीबार ५६९, शुक्रबार ६८४, शनिबार ७०८, आइतबार ६२१, सोमबार ४३९, मंगलबार ७८६, बुधबार ९३८, बिहीबार ८८१ र शुक्रबार सर्वाधिक ९८० जनाले ज्यान गुमाएका छन् ।

इरानमा ६८ हजार १९२ कुल सङ्क्रमित भएका छन् भने ४२३२ व्यक्तिको मृत्यु भएको छ ।

बेल्जियममा २६ हजार ६६७ संक्रमित भएकोमा ३०१९ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा २४ हजार ५५१ संक्रमित छन् भने १००२ जनाको ज्यान गएको छ ।

नेदरल्याण्ड्समा २३ हजार ९३ संक्रमित भएकोमा २५११ जनाको मृत्यु भएको छ । टर्कीमा ४७ हजार २९ संक्रमित भएकोमा १००६ जनाको मृत्यु भएको छ ।

यसैगरी, क्यानडामा ५६९, ब्राजिलमा १०७४, अस्ट्रियामा ३१९, स्वीडेन ८७०, पोर्चुगलमा ४३५, दक्षिण कोरियामा २०८, डेनमार्कमा २४७ र जापानमा ९९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, भारतमा कुल ७६०० संक्रमित भएकोमा २४९ जनाको ज्यान गएको छ । पाकिस्तानमा ४६९५ संक्रमित भएकोमा ६६, मलेसियामा ४३४६ संक्रमित भएकोमा ७०, थाइल्याण्डमा ३३, बंगलादेशमा २७, अफगानिस्तानमा १५ र युएईमा १६ जनाको ज्यान गएको छ ।

अन्य दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसको सङ्क्रमण न्यून सङ्ख्यामा देखिए पनि जोखिम भने उच्च छ । नेपालमा हालसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख ३ गतेसम्म लकडाउन लागू गरेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा ३५२४ जनाको नमुना परीक्षण गरिएकोमा नौ जनामा मात्र कोरोनाभाइरस पुष्टि भएको हो । जसमा एक जना निको भइसकेका छन् । सातै प्रदेशमा सयौँको संख्यामा भएका परीक्षणको नतिजा नेगेटिभ देखिएबाट नेपालमा कोरोनाको संक्रमण नियन्त्रणउन्मुख भएको छ । एजेन्सीहरुको सहयोगमा

 

तपाईको प्रतिक्रिया