काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण संसारभर २१० देशका एक लाख आठ हजार ८३७ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन, कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटर तथा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार आइतबार बिहानसम्म संसारभर १७ लाख ८० हजार ७१७ मानिस संक्रमित भएका छन् । जसमा १२ लाख ६७ हजार ३८९ जना बिरामीको उपचार भइरहेको छ भने ५० हजार ५८२ जनाको अवस्था जटिल रहेको बताइएको छ ।

कोरोना भाइरसको प्राणघातक संक्रमणबाट सबैभन्दा बढी संकट र महामारी संयुक्तराज्य अमेरिकामा उत्पन्न भएको छ । यहाँ पाँच लाख ३३ हजार ८८ कुल सङ्क्रमित भएका छन् भने २० हजार ५८० जनाको मृत्यु भएको छ । अमेरिकामा ४ लाख ८२ हजार ६ जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा गत शुक्रबार १३२१, शनिबार १३३१, आइतबार ११६५, सोमबार १२७०, मंगलबार १९७०, बुधबार १९४०, बिहीबार १९०० जनाले ज्यान गुमाएका थिए । यस्तै, शुक्रबार सर्वाधिक २०३५ जनाले ज्यान गुमाएका थिए भने शनिबार १८३० जनाको निधन भएको छ ।

अमेरिकाको न्यूयोर्क सहर सबैभन्दा संकटमा रहेको पाइएको छ । न्यूयोर्कमा मात्रै १ लाख ८१ हजार १२४ संक्रमित भएकोमा ८६२७ ले ज्यान गुमाएका छन् । न्यूयोर्कमा सोमबार ५९९, मंगलबार ७३१, बुधबार ७७९, बिहीबार ७९९, शुक्रबार ७७७ र शनिबार ७८३ जनाको मृत्यु भएको छ ।

स्पेनमा एक लाख ६३ हजार २७ कुल सङ्क्रमित भएका छन् भने १६ हजार ६०६ जनाको मृत्यु भएको छ । स्पेनमा गत बिहीबार ९६१, शुक्रबार ८५०, शनिबार ७४९, आइतबार ६९४, सोमबार ५२८, मंगलबार ७०४, बुधबार ७४७, बिहीबार ६५५, शुक्रबार ६३४ र शनिबार ५२५ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, इटालीमा कुल एक लाख ५२ हजार २७१ संक्रमित भएका छन् भने १९ हजार ४६८ जनाले ज्यान गुमाएका छन् । जसमा गत बुधबार ७२७, बिहीबार ७६०, शुक्रबार ७६६, शनिबार ६८१, आइतबार ५२५, सोमबार ६३६, मंगलबार ६०४, बुधबार ५४२, बिहीबार ६१०, शुक्रबार ५७० र शनिबार ६१९ जनाको मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा एक लाख २९ हजार ६५४ कुल सङ्क्रमित भएका छन् भने १३ हजार ८३२ को मृत्यु भएको छ । फ्रान्समा गत बिहीबार १३५५, शुक्रबार ११२०, शनिबार १०५३ आइतबार ५१८, सोमबार ८३३, मंगलबार १४१७, बुधबार ५४१, बिहीबार १३४१, शुक्रबार ९८७ र शनिबार ६३५ जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा १ लाख २५ हजार ४५२ कुल सङ्क्रमित भएका छन् भने २८७१ को मृत्यु भएको छ ।

संक्रमणको सुरुवात भएको चीनमा ८२ हजार ५२ कुल सङ्क्रमित भएका छन् भने ३३३९ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार ५७५ रहेको छ । चीनमा हाल ११३८ जनाको उपचार जारी रहेकोमा १३९ को अवस्था जटिल छ ।

बेलायतमा ७८ हजार ९९१ कुल सङ्क्रमित भएका छन् भने ९८७५ को मृत्यु भएको छ । बेलायतमा बुधबार ५६३, बिहीबार ५६९, शुक्रबार ६८४, शनिबार ७०८, आइतबार ६२१, सोमबार ४३९, मंगलबार ७८६, बुधबार ९३८, बिहीबार ८८१, शुक्रबार सर्वाधिक ९८० र शनिबार ९१७ जनाले ज्यान गुमाएका छन् ।

इरानमा ७० हजार २९ कुल सङ्क्रमित भएका छन् भने ४३५७ व्यक्तिको मृत्यु भएको छ ।

टर्कीमा ५२ हजार १६७ संक्रमित रहेकोमा ११०१ को ज्यान गएको छ । बेल्जियममा २८ हजार १८ संक्रमित भएकोमा ३३४६ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा २५ हजार १०७ संक्रमित छन् भने १०३६ जनाको ज्यान गएको छ ।

नेदरल्याण्ड्समा २४ हजार ४१३ संक्रमित भएकोमा २६४३ जनाको मृत्यु भएको छ । क्यानडामा २३ हजार ३१८ संक्रमित रहेकोमा ६५३ ले ज्यान गुमाएका छन् । ब्राजिलमा २० हजार ९६२ बिरामी भएकोमा ११४० को मृत्यु भएको छ ।

यसैगरी, पोर्चुगलमा ४७०, अस्ट्रियामा ३३७, रसिया १०६, इजरायल १०१, दक्षिण कोरियामा २११, स्वीडेनमा ८८७, आयरल्याण्ड ३२०, जापान १०८ र डेनमार्कमा २६० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, भारतमा कुल ८४४६ संक्रमित भएकोमा २८८ जनाको ज्यान गएको छ । पाकिस्तानमा ५०११ संक्रमित भएकोमा ८६, मलेसियामा ४५३० संक्रमित भएकोमा ७३, थाइल्याण्डमा ३५, बंगलादेशमा ३०, अफगानिस्तानमा १८ र युएईमा २० जनाको ज्यान गएको छ ।

अन्य दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसको सङ्क्रमण न्यून सङ्ख्यामा देखिए पनि जोखिम भने उच्च छ । नेपालमा हालसम्म १२ जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख ३ गतेसम्म लकडाउन लागू गरेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा ४४२६ जनाको नमुना परीक्षण गरिएकोमा १२ जनामा मात्र कोरोनाभाइरस पुष्टि भएको हो । सातै प्रदेशमा सयौँको संख्यामा भएका परीक्षणको नतिजा नेगेटिभ देखिएबाट नेपालमा कोरोनाको संक्रमण नियन्त्रणउन्मुख भएको मान्न सकिन्छ । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया