काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नामको प्राणघातक भाइरस सङ्क्रमणबाट विश्वभरि १८ लाख १३ हजार व्यक्ति सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि एक लाख १२ हजार २५५ को मृत्यु भएको छ ।

यसैबीच, यस रोगबाट ४ लाख १५ हजार ५५६ जना भने निको भएका छन् । आइतबार रातिसम्मको यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।

कुल २१० देश र आसपासका कुल संक्रमितमध्ये १२ लाख ८५ हजार १५९ को उपचार जारी छ भने उपचाररत संक्रमितमध्ये ५० हजार ६५५ बिरामीको अवस्था गम्भीर रहेको कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । विश्वभर आइतबार ३३ हजार बढी संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट संयुक्तराज्य अमेरिका सबैभन्दा प्रभावित भएको छ । अमेरिकामा पाँच लाख ३७ हजार ३५६ कुल सङ्क्रमित भएका छन् भने २१ हजार ४३५ जनाको मृत्यु भएको छ । अमेरिकामा ४ लाख ८४ हजार ८३४ जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा गत शुक्रबार १३२१, शनिबार १३३१, आइतबार ११६५, सोमबार १२७०, मंगलबार १९७०, बुधबार १९४०, बिहीबार १९०० जनाले ज्यान गुमाएका थिए ।

यस्तै, शुक्रबार सर्वाधिक २०३५ जनाले ज्यान गुमाएका थिए भने शनिबार १८३० जनाको निधन भएको छ । यस्तै, आइतबार १०ः३० बजेसम्म ८५८ ले ज्यान गुमाएका छन् । अमेरिकाको न्यूयोर्क सहर सबैभन्दा संकटमा रहेको पाइएको छ । न्यूयोर्कमा मात्रै १ लाख ८१ हजार १४४ संक्रमित भएकोमा ९३८५ ले ज्यान गुमाएका छन् । न्यूयोर्कमा सोमबार ५९९, मंगलबार ७३१, बुधबार ७७९, बिहीबार ७९९, शुक्रबार ७७७ र शनिबार ७८३ र आइतबार ७५८ जनाको मृत्यु भएको छ ।

स्पेनमा एक लाख ६६ हजार १९ कुल सङ्क्रमित भएका छन् भने १६ हजार ९७२ जनाको मृत्यु भएको छ । स्पेनमा गत बिहीबार ९६१, शुक्रबार ८५०, शनिबार ७४९, आइतबार ६९४, सोमबार ५२८, मंगलबार ७०४, बुधबार ७४७, बिहीबार ६५५, शुक्रबार ६३४ र शनिबार ५२५ र आइतबार ३६६ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, इटालीमा कुल एक लाख ५६ हजार ३६३ संक्रमित भएका छन् भने १९ हजार ८९९ जनाले ज्यान गुमाएका छन् । जसमा गत बुधबार ७२७, बिहीबार ७६०, शुक्रबार ७६६, शनिबार ६८१, आइतबार ५२५, सोमबार ६३६, मंगलबार ६०४, बुधबार ५४२, बिहीबार ६१०, शुक्रबार ५७०, शनिबार ६१९ र आइतबार ४३१ जनाको मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा एक लाख २९ हजार ६५४ कुल सङ्क्रमित भएका छन् भने १३ हजार ८३२ को मृत्यु भएको छ । फ्रान्समा गत बिहीबार १३५५, शुक्रबार ११२०, शनिबार १०५३ आइतबार ५१८, सोमबार ८३३, मंगलबार १४१७, बुधबार ५४१, बिहीबार १३४१, शुक्रबार ९८७ र शनिबार ६३५ जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा १ लाख २५ हजार ९७५ कुल सङ्क्रमित भएका छन् भने २९०७ को मृत्यु भएको छ ।

चीनमा ८२ हजार ५२ कुल सङ्क्रमित भएका छन् भने ३३३९ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार ५७५ रहेको छ । चीनमा हाल ११३८ जनाको उपचार जारी रहेकोमा १३९ को अवस्था जटिल छ ।

बेलायतमा ८४ हजार ३७९ कुल सङ्क्रमित भएका छन् भने १० हजार ६१२ को मृत्यु भएको छ । बेलायतमा बुधबार ५६३, बिहीबार ५६९, शुक्रबार ६८४, शनिबार ७०८, आइतबार ६२१, सोमबार ४३९, मंगलबार ७८६, बुधबार ९३८, बिहीबार ८८१, शुक्रबार सर्वाधिक ९८०, शनिबार ९१७ र आइतबार ७३७ जनाले ज्यान गुमाएका छन् ।

इरानमा ७१ हजार ६८६ कुल सङ्क्रमित भएका छन् भने ४४७४ व्यक्तिको मृत्यु भएको छ ।

टर्कीमा ५२ हजार १६७ संक्रमित रहेकोमा ११०१ को ज्यान गएको छ । बेल्जियममा २९ हजार ६४७ संक्रमित भएकोमा ३६०० जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा २५ हजार ५८७ संक्रमित भएकोमा २७३७ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा २५ हजार ३२८ संक्रमित छन् भने १०८९ जनाको ज्यान गएको छ । क्यानडामा २३ हजार ७१९ संक्रमित रहेकोमा ६९४ ले ज्यान गुमाएका छन् । ब्राजिलमा २१ हजार ४२ बिरामी भएकोमा ११४४ को मृत्यु भएको छ ।

यसैगरी, पोर्चुगलमा ५०४, अस्ट्रियामा ३५०, रसिया १३०, इजरायल १०३, दक्षिण कोरियामा २१४, स्वीडेनमा ८९९, आयरल्याण्ड ३२०, जापान १०८ र डेनमार्कमा २७३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, भारतमा कुल ९१६६ संक्रमित भएकोमा ३२५ जनाको ज्यान गएको छ । पाकिस्तानमा ५१८३ संक्रमित भएकोमा ८ड, मलेसियामा ४६८३ संक्रमित भएकोमा ७६, थाइल्याण्डमा ३८, बंगलादेशमा ३४, अफगानिस्तानमा १८ र युएईमा २० जनाको ज्यान गएको छ ।

अन्य दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसको सङ्क्रमण न्यून सङ्ख्यामा देखिए पनि जोखिम भने उच्च छ । नेपालमा हालसम्म १२ जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख ३ गतेसम्म लकडाउन लागू गरेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा ४४२६ जनाको नमुना परीक्षण गरिएकोमा १२ जनामा मात्र कोरोनाभाइरस पुष्टि भएको हो । सातै प्रदेशमा सयौँको संख्यामा भएका परीक्षणको नतिजा नेगेटिभ देखिएबाट नेपालमा कोरोनाको संक्रमण नियन्त्रणउन्मुख भएको मान्न सकिन्छ । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया