काठमाडौँ । चीनको वुहान सहरबाट उत्पत्ति भई विश्वभरका मानिसलाई त्रास र सन्नाटाको स्थितिमा धकेलेको प्राणघातक कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट मंगलबार बिहानसम्म ११० देशका १९ लाख २५ हजार १७९ मानिस संक्रमित भएका छन् ।

जसमा ४ लाख ४७ हजार ८८३ जना निको भएका छन् भने १३ लाख ५७ हजार ६४५ जना बिरामीको विभिन्न देशका अस्पतालमा उपचार जारी छ । जसमध्ये ५१ हजार ७६४ जनाको स्थिति जटिल छ ।

यस महामारीबाट संसारभर एक लाख १९ हजार ७०१ जनाले ज्यान गुमाइसकेका छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो । कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको विश्वसनीय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वल्र्डोमिटरका अनुसार गत चौबिसघन्टामा ७२ हजार ९२२ जना नयाँ संक्रमित थपिएका छन् । जसमा सबैभन्दा प्रभावित संयुक्तराज्य अमेरिकामा २६ हजार ८५५ जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा डरलाग्दो गरी संक्रमण बढेको छ । यो समाचार तयार पार्दाको समयसम्म अमेरिकामा कुल पाँच लाख ८७ हजार १५५ मानिस सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको संख्या २३ हजार ६४४ पुगेको छ । अमेरिकामा हाल ५ लाख २६ हजार ५६३ जनाको उपचार जारी रहेकोमा १२ हजार ७७२ को अवस्था चिन्ताजनक छ । अमेरिकामा ३६ हजार ९४८ जना उपचारपश्चात् निको भई फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा गत मंगलबार १९७०, बुधबार १९४०, बिहीबार १९०० जनाले ज्यान गुमाएका थिए । यस्तै, शुक्रबार सर्वाधिक २०३५ जनाले ज्यान गुमाएका थिए भने शनिबार १८३० र सोमबार १५३५ जनाको निधन भएको छ ।

जसमध्ये अमेरिकाको न्यूयोर्क सहर सबैभन्दा संकटमा रहेको पाइएको छ । न्यूयोर्कमा मात्रै १ लाख ९५ हजार ६५५ संक्रमित भएकोमा १० हजार ५६ ले ज्यान गुमाएका छन् । न्यूयोर्कमा मंगलबार ७३१, बुधबार ७७९, बिहीबार ७९९, शुक्रबार ७७७, शनिबार ७८३, आइतबार ७५८ र सोमबार ६७१ जनाको मृत्यु भएको छ ।

स्पेनमा एक लाख ७० हजार ९९ कुल सङ्क्रमित भएका छन् भने २० हजार ४६५ जनाको मृत्यु भएको छ । स्पेनमा मंगलबार ७०४, बुधबार ७४७, बिहीबार ६५५, शुक्रबार ६३४, शनिबार ५२५, आइतबार ३६६ र सोमबार ५४७ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, इटालीमा कुल एक लाख ५९ हजार ५१६ जना संक्रमित भएका छन् भने २० हजार ४६५ जनाले ज्यान गुमाएका छन् । जसमा बुधबार ५४२, बिहीबार ६१०, शुक्रबार ५७०, शनिबार ६१९, आइतबार ४३१ र सोमबार ५६६ जनाको मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा एक लाख ३६ हजार ७७९ कुल सङ्क्रमित भएका छन् भने १५ हजार ९६७ को मृत्यु भएको छ । फ्रान्समा मंगलबार १४१७, बुधबार ५४१, बिहीबार १३४१, शुक्रबार ९८७, शनिबार ६३५ र सोमबार ५७४ जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा १ लाख ३० हजार ७२ कुल सङ्क्रमित भएका छन् भने ३१९४ को मृत्यु भएको छ ।

बेलायतमा ८८ हजार ६२१ कुल सङ्क्रमित भएका छन् भने ११ हजार ३२९ को मृत्यु भएको छ । बेलायतमा मंगलबार ७८६, बुधबार ९३८, बिहीबार ८८१, शुक्रबार सर्वाधिक ९८०, शनिबार ९१७, आइतबार ७३७ र सोमबार ७१७ जनाले ज्यान गुमाएका छन् ।

चीनमा ८२ हजार २४९ कुल सङ्क्रमित भएका छन् भने ३३४१ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार ७३८ रहेको छ । चीनमा हाल ११७० जनाको उपचार जारी रहेकोमा ११६ को अवस्था जटिल छ ।

इरानमा ७३ हजार ३०३ कुल सङ्क्रमित भएका छन् भने ४५८५ व्यक्तिको मृत्यु भएको छ ।

टर्कीमा ६१ हजार ४९ संक्रमित रहेकोमा १२९८ को ज्यान गएको छ । बेल्जियममा ३० हजार ५८९ संक्रमित भएकोमा ३९०३ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा २६ हजार ५५१ संक्रमित भएकोमा २८२३ जनाको मृत्यु भएको छ ।

स्वीट्जरल्याण्डमा २५ हजार ६८८ संक्रमित छन् भने ११३८ जनाको ज्यान गएको छ । क्यानडामा २५ हजार ६८० संक्रमित रहेकोमा ७८० ले ज्यान गुमाएका छन् । ब्राजिलमा २३ हजार ७२३ बिरामी भएकोमा १३५५ को मृत्यु भएको छ ।

यसैगरी, पोर्चुगलमा ५३५, अस्ट्रियामा ३६८, रसिया १४८, इजरायल ११६, दक्षिण कोरियामा २२२, स्वीडेनमा ९१९, आयरल्याण्ड ३६५, जापान १४३ र डेनमार्कमा २८५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, भारतमा कुल १० हजार ४५३ संक्रमित भएकोमा ३५८ जनाको ज्यान गएको छ । पाकिस्तानमा ५७०७ संक्रमित भएकोमा ९६, मलेसियामा ४८१७ संक्रमित भएकोमा ७७, थाइल्याण्डमा ४०, बंगलादेशमा ३९, अफगानिस्तानमा २१ र युएईमा २५ जनाको ज्यान गएको छ ।

नेपालमा हालसम्म १४ जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख ३ गतेसम्म लकडाउन लागू गरेको छ भने कम्तीमा वैशाख १० गतेसम्म लकडाउन थप गर्ने तयारी गरेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा ५१८४ जनाको नमुना परीक्षण गरिएकोमा १४ जनामा मात्र कोरोनाभाइरस पुष्टि भएको हो । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया