काठमाडौँ । चीनको वुहान सहरबाट उत्पत्ति भई विश्वभरका मानिसलाई त्रास र सन्नाटाको स्थितिमा धकेलेको प्राणघातक कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट बुधबार रातिसम्म ११० देशका २० लाख ८३ हजार ३०४ मानिस संक्रमित भएका छन् ।

जसमा ५ लाख १० हजार ३४१ जना निको भएका छन् भने १४ लाख ३८ हजार ३४८ जना बिरामीको विभिन्न देशका अस्पतालमा उपचार जारी छ । जसमध्ये ५१ हजार १४२ जनाको स्थिति जटिल छ ।

यस महामारीबाट संसारभर एक लाख ३४ हजार ६१५ जनाले ज्यान गुमाइसकेका छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।

कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको विश्वसनीय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वल्र्डोमिटरका अनुसार गत चौबिसघन्टामा ८४ हजार ५१५ जना नयाँ संक्रमित थपिएका छन् । जसमा सबैभन्दा प्रभावित संयुक्तराज्य अमेरिकामा ३० हजार २०६ जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा डरलाग्दो गरी संक्रमण बढेको छ । बिहीबार बिहानसम्म अमेरिकामा कुल छ लाख ४४ हजार ८९ मानिस सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको संख्या २८ हजार ५२९ पुगेको छ ।

अमेरिकामा हाल ५ लाख ६६ हजार ८५९ जनाको उपचार जारी रहेकोमा १३ हजार ४८७ को अवस्था चिन्ताजनक छ । अमेरिकामा ४८ हजार ७०१ जना उपचारपश्चात् निको भई फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा गत मंगलबार १९७०, बुधबार १९४०, बिहीबार १९००, शुक्रबार २०३५, शनिबार १८३०, सोमबार १५३५, मंगलबार २४०७ र बुधबार २४८२ जनाको निधन भएको छ । यो हालसम्मकै उच्च संख्या हो ।

जसमध्ये अमेरिकाको न्यूयोर्क सहर सबैभन्दा संकटमा रहेको पाइएको छ । न्यूयोर्कमा मात्रै २ लाख १४ हजार ६४८ संक्रमित भएकोमा ११ हजार ५८६ ले ज्यान गुमाएका छन् । न्यूयोर्कमा बिहीबार ७९९, शुक्रबार ७७७, शनिबार ७८३, आइतबार ७५८, सोमबार ६७१, मंगलबार ७७८ र बुधबार ७५२ जनाको मृत्यु भएको छ ।

स्पेनमा एक लाख ८० हजार ६५९ कुल सङ्क्रमित भएका छन् भने १८ हजार ८१२ जनाको मृत्यु भएको छ । स्पेनमा बिहीबार ६५५, शुक्रबार ६३४, शनिबार ५२५, आइतबार ३६६, सोमबार ५४७, मंगलबार ४९९ र बुधबार ५५७ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, इटालीमा कुल एक लाख ६५ हजार १५५ जना संक्रमित भएका छन् भने २१ हजार ६४५ जनाले ज्यान गुमाएका छन् । जसमा बिहीबार ६१०, शुक्रबार ५७०, शनिबार ६१९, आइतबार ४३१, सोमबार ५६६, मंगलबार ६०२ र बुधबार ५७८ जनाको मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा एक लाख ४७ हजार ८६३ कुल सङ्क्रमित भएका छन् भने १७ हजार १६७ को मृत्यु भएको छ । फ्रान्समा बिहीबार १३४१, शुक्रबार ९८७, शनिबार ६३५, सोमबार ५७४, मंगलबार ७६२ र बुधबार १४३८ जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा १ लाख ३४ हजार ७५३ कुल सङ्क्रमित भएका छन् भने ३८०४ को मृत्यु भएको छ ।

बेलायतमा ९८ हजार ४७६ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ८६८ को मृत्यु भएको छ । बेलायतमा बिहीबार ८८१, शुक्रबार सर्वाधिक ९८०, शनिबार ९१७, आइतबार ७३७, सोमबार ७१७, मंगलबार ७७८ र बुधबार ७६१ जनाले ज्यान गुमाएका छन् ।

चीनमा ८२ हजार ३४१ कुल सङ्क्रमित भएका छन् भने ३३४२ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार ८९२ रहेको छ । चीनमा हाल ११०७ जनाको उपचार जारी रहेकोमा ९५ को अवस्था जटिल छ ।

इरानमा ७६ हजार ३८९ कुल सङ्क्रमित भएका छन् भने ४७७७ व्यक्तिको मृत्यु भएको छ ।

टर्कीमा ६९ हजार ३९२ संक्रमित रहेकोमा १५१८ को ज्यान गएको छ । बेल्जियममा ३३ हजार ५७३ संक्रमित भएकोमा ४४४० जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा २८ हजार १५३ संक्रमित भएकोमा ३१३४ जनाको मृत्यु भएको छ ।

क्यानडामा २८ हजार ३७९ संक्रमित रहेकोमा १०१० ले ज्यान गुमाएका छन् । स्वीट्जरल्याण्डमा २६ हजार ३३६ संक्रमित छन् भने १२३९ जनाको ज्यान गएको छ । ब्राजिलमा २८ हजार ९१२ बिरामी भएकोमा १७६० को मृत्यु भएको छ ।

यसैगरी, पोर्चुगलमा ५९९, अस्ट्रियामा ३९३, रसिया १९८, इजरायल १३०, दक्षिण कोरियामा २२९, स्वीडेनमा १२०३, आयरल्याण्ड ४४४, जापान १७८ र डेनमार्कमा ३०९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, भारतमा कुल १२ हजार ३७० संक्रमित भएकोमा ४२२ जनाको ज्यान गएको छ । पाकिस्तानमा ६३८३ संक्रमित भएकोमा १११, मलेसियामा ५०७२ संक्रमित भएकोमा ८३, थाइल्याण्डमा ४३, बंगलादेशमा ५०, अफगानिस्तानमा २५ र युएईमा ३३ जनाको ज्यान गएको छ ।

नेपालमा हालसम्म १६ जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा एक जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख १५ गतेसम्म लकडाउन लागू गरेको छ । नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा ६२९९ जनाको नमुना परीक्षण गरिएकोमा १६ जनामा मात्र कोरोनाभाइरस पुष्टि भएको हो । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया