जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा ट्रेडोस अडामोन गेब्रेससले डब्लुएचओलाई प्रदान गर्दै आएको आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पको निर्णय दुखद् भएको प्रतिक्रिया दिएका छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको नयाँ कोरोना भाइरसविरुद्ध विश्व नै एकजुट भई लड्ने समयमा आर्थिक सहायता बन्द गर्ने ट्रम्पको निर्णय दुखद् भएको डब्लुएचओले जनाएको छ । ट्रम्पको उक्त निर्णयको विश्वभर नेताहरूले आलोचना गरेका छन् ।

हाल विश्वभर २० लाख ८४ हजार ६३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने अमेरिका विश्वको सबैभन्दा बढी संक्रमण प्रभावित मुलुक बनेको छ । अमेरिकामा ६ लाख ४४ हजार ३४८ जना संक्रमित भएकोमा २८ हजार ५५४ जनाले ज्यान गुमाएका छन् ।

ट्रम्पले गत मंगलबार डब्लुएचओले महामारीका समयमा गर्नुपर्ने आधारभूत काम तथा व्यवस्थापन गर्न नसकेको, चीनको पक्ष लिएर विवरण लुकाएको, कोरोना भाइरससँग सम्बन्धित सूचना ढाकछोप गरेको तथा कोरोना नियन्त्रणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप लगाउँदै सहयोग बन्द गर्ने घोषणा गरेका थिए ।

ट्रम्पले पत्रकार सम्मेलनमा डब्लुएचओलाई प्रदान गर्दै आएको आर्थिक सहायता रोक्न प्रशासनलाई निर्देशन दिँदै सो रकम स्वास्थ्य क्षेत्रमा सोझै लगानी गर्ने बताएका थिए ।

डब्लुएचओका प्रमुख डा गेब्रेससले आफ्नो सबैभन्दा ठूलो आर्थिक दाता अमेरिकाले उठाएको कदममाथि प्रतिक्रिया दिँदै अमेरिका डब्लुएचओको लामो समयदेखिको उदार मित्र भएकाले उसले त्यसलाई निरन्तरता दिइराख्ने आशा राखेको बताएका छन्।

उनले अमेरिकी सहयोग बन्द भएपछि त्यसले डब्लुएचओको कामलाई पार्ने प्रभावको बारेमा समीक्षा भइरहेको र सोले ल्याएको रिक्ततालाई सहयोगीहरूसँग मिलेर आफ्ना कामको सुनिश्चितता गर्ने जनाएका छन् । डब्लुएचओको कुल बजेटमा अमेरिकाको योगदान १५ प्रतिशत छ ।

सन् २०१९ मा डब्लुएचओलाई अमेरिकाले ४०० मिलियन अमेरिकी डलर आर्थिक सहायता प्रदान गरेको थियो । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया