नयाँ दिल्ली । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण भारतमा ज्यान गुमाउनेको संख्या ४४८ पुगेको छ । कोरोनाका कारण भारतमा १३ हजार ४९५ जनामा संक्रमण देखिएको छ । जसमध्ये १ हजार ७७७ जना निको भइसकेका छन् ।

कोरोनाको प्रभाव महाराष्ट्रमा सबैभन्दा धेरै परेको छ । त्यहाँ ३ हजार २०५ मा संक्रमण देखिएको छ । १९४ जनाको मृत्यु भइसकेको छ। दिल्लीमा १ हजार ६४० जनामा संक्रमण भएको छ भने ३८ जनाको मृत्यु भइसकेको छ । तमिलनाडुमा १ हजार २६७ मा संक्रमण देखिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएर ११० देश र आसपासका क्षेत्रहरुमा संकट उत्पन्न भएको प्राणघातक कोरोना भाइरस (कोभिड-१९) को प्रकोपबाट २१ लाख ८४ हजार ७०४ मानिस संक्रमित भएका छन् ।

जसमा ५ लाख ५२ हजार ७७१ जना निको भएका छन् भने १४ लाख ८४ हजार २६५ जना बिरामीको विभिन्न देशका अस्पतालमा उपचार जारी छ । जसमध्ये ५६ हजार ५९१ जनाको स्थिति जटिल छ ।

यस महामारीबाट संसारभर १ लाख ४६ हजार ८९८ जनाले ज्यान गुमाइसकेका छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।

कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको विश्वसनीय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वल्र्डोमिटरका अनुसार गत चौबिसघन्टामा ९५ हजार २२ जना नयाँ संक्रमित थपिएका छन् । जसमा सबैभन्दा प्रभावित संयुक्तराज्य अमेरिकामा २९ हजार ५६७ जना नयाँ संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया