काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएर ११० देश र आसपासका क्षेत्रहरुमा संकट उत्पन्न गरेको प्राणघातक कोरोना भाइरस (कोभिड-१९) को प्रकोपबाट आइतबारसम्म करिब २३ लाख ३२ हजार ४५६ मानिस संक्रमित भएका छन् । जसमा छ लाख ६ जना निको भएका छन् भने १५ लाख ७१ हजार ६६६ जना बिरामीको विभिन्न देशका अस्पतालमा उपचार जारी छ । जसमध्ये ५५ हजार २८० जनाको स्थिति जटिल छ ।

यस महामारीबाट संसारभर एक लाख ६० हजार ७८४ बढीले ज्यान गुमाइसकेका छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो । कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको विश्वसनीय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वल्र्डोमिटरका अनुसार गत चौबिसघन्टामा ८१ हजार ९३० जना नयाँ संक्रमित थपिएका छन् । जसमा सबैभन्दा प्रभावित संयुक्तराज्य अमेरिकामा २९ हजार ५७ जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा डरलाग्दो गरी संक्रमण बढेको छ । आइतबार बिहान १२ बजेसम्म अमेरिकामा कुल ७ लाख ३८ हजार ९१३ जना सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ३९ हजार १५ पुगेको छ ।

अमेरिकामा हाल ६ लाख ३१ हजार ६१३ जनाको उपचार जारी रहेकोमा १३ हजार ५५१ को अवस्था चिन्ताजनक छ । अमेरिकामा ६८ हजार २८५ जना उपचारपश्चात् निको भई फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा गत सोमबार १५३५, मंगलबार २४०७, बुधबार २४८२, बिहीबार २१७४ र शुक्रबार २५३५ जनाको निधन भएको छ । आइतबार यो समाचार तयार पार्ने बेलासम्म १८६७ ले ज्यान गुमाएका छन् ।

जसमध्ये अमेरिकाको न्यूयोर्क सहर सबैभन्दा संकटमा रहेको पाइएको छ । न्यूयोर्कमा मात्रै २ लाख ४१ हजार ४१ संक्रमित भएकोमा १७ हजार ६७१ ले ज्यान गुमाएका छन् । न्यूयोर्कमा आइतबार ७५८, सोमबार ६७१, मंगलबार ७७८, बुधबार ७५२, बिहीबार ६०६, शुक्रबार १०२५ र शनिबार ५४० को मृत्यु भएको छ ।

स्पेनमा एक लाख ९४ हजार ४१६ कुल सङ्क्रमित भएका छन् भने २० हजार ६३९ जनाको मृत्यु भएको छ । स्पेनमा शनिबार ५२५, आइतबार ३६६, सोमबार ५४७, मंगलबार ४९९, बुधबार ५५७, ५०३ र शुक्रबार ६३७ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, इटालीमा कुल एक लाख ७५ हजार ९२५ जना संक्रमित भएका छन् भने २३ हजार २२७ जनाले ज्यान गुमाएका छन् । जसमा शनिबार ६१९, आइतबार ४३१, सोमबार ५६६, मंगलबार ६०२, बुधबार ५७८, बिहीबार ५२५, शुक्रबार ५७५ र शनिबार ४८२ जनाको मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा एक लाख ५१ हजार ७९३ कुल सङ्क्रमित भएका छन् भने १९ हजार ३२३ को मृत्यु भएको छ । फ्रान्समा शनिबार ६३५, सोमबार ५७४, मंगलबार ७६२, बुधबार १४३८, बिहीबार ५२५ र शुक्रबार ७६१ जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा १ लाख ४३ हजार ७२४ कुल सङ्क्रमित भएका छन् भने ४५३८ को मृत्यु भएको छ ।

बेलायतमा एक लाख १४ हजार २१७ कुल सङ्क्रमित भएका छन् भने १५ हजार ४६४ को मृत्यु भएको छ । बेलायतमा शनिबार ९१७, आइतबार ७३७, सोमबार ७१७, मंगलबार ७७८, बुधबार ७६१, बिहीबार ८६१, शुक्रबार ८४७ र शनिबार ८८८ जनाले ज्यान गुमाएका छन् ।

चीनमा ८२ हजार ७३५ कुल सङ्क्रमित भएका छन् भने ४६३२ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार २९ रहेको छ । चीनमा हाल १०५८ जनाको उपचार जारी रहेकोमा ८५ को अवस्था जटिल छ । चीनमा शुक्रबार एकै दिन १२९० जनाको मृत्यु भएको छ ।

इरानमा ८० हजार ८६८ कुल सङ्क्रमित भएका छन् भने ५०३१ व्यक्तिको मृत्यु भएको छ । टर्कीमा ७८ हजार ५४६ संक्रमित रहेकोमा १७६९ को ज्यान गएको छ । बेल्जियममा ३७ हजार १८३ संक्रमित भएकोमा ५४५३ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३६ हजार ९२५ संक्रमित भएकोमा २३७२ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, रसियामा ३७ हजार ७९३ जना बिरामी भएकोमा ३१३ को निधन भएको छ । यस्तै, क्यानडामा ३२ हजार ४१२ व्यक्तिमा कोरोना देखिएकोमा १३४६ जनाको ज्यान गएको छ ।

यसैगरी, नेदरल्याण्ड्समा ३१ हजार ५८९ संक्रमित भएकोमा ३६०१ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा २७ हजार ४०४ संक्रमित छन् भने १३६६ जनाको ज्यान गएको छ ।

पोर्चुगलमा १९ हजार ६८५ व्यक्ति बिरामी भएकोमा ६८७, अस्ट्रियामा १४ हजार ६७१ मा कोरोनाको संक्रमण देखिएकोमा ४३०, भारतमा १४ हजार ७९२ कुल संक्रमित रहेकोमा ४८८, आयरल्याण्डमा १३ हजार ९८० संक्रमित रहेकोमा ५३०, पेरुमा १३ हजार ४८९ संक्रमित रहेकोमा ३००, स्वीडेनमा १३ हजार८२२ बिरामी रहेकोमा १५११ जनाको मृत्यु भएको छ ।

यस्तै, इजरायलमा १३ हजार १०७ बिरामी रहेकोमा १५८ र दक्षिण कोरियामा १० हजार ६६१ संक्रमित रहेकोमा २३४ जनाले ज्यान गुमाएका छन् । जापानमा १० हजार २९६ संक्रमित रहेकोमा २२२ को ज्यान गएको छ ।

यसैगरी, चिलीमा १२६, साउदी अरेबियामा ९२, डेनमार्कमा ३४६, पाकिस्तानमा १५९, नर्वेमा १६३, मेक्सिकोमा ६५०, युएईमा ३७, इन्डोनेसियामा ५३५, मलेसियामा ८८, कतारमा ८, थाइल्याण्ड ४७, बंगलादेश ८४ जनाको ज्यान गएको छ ।

नेपालमा हालसम्म ३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा दुई जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख १५ गतेसम्म लकडाउन लागू गरेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा ३१ हजार ३१७ जनाको नमुना परीक्षण गरिएकोमा ३० जनामा कोरोनाभाइरस पुष्टि भएको हो । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया