काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट आइतबार रातिसम्म विश्वभर एक लाख ६३ हजार ६३६ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका स्वास्थ्य तथा गृह मन्त्रालयहरूले एएफपीलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । कुल मृत्यु भएकामध्ये युरोपमा करिब दुई तिहाइ अर्थात् एक लाख एक हजार ६७६ जनाको मृत्यु भएको छ ।

युरोपमा कोरोनाभाइरसको सङ्क्रमण १० लाख ८४ हजार २२८ जनामा देखिएको छ । यस भाइरसको सङ्क्रमणबाट बढी प्रभावित यूरोपेली मुलुकहरूमा इटली, स्पेन, फ्रान्स, बेलायत र जर्मनीलगायत रहेका छन् ।

कोरोना भाइरसको विश्वव्यापी महामारीबाट २३ लाख ७४ हजार १९८ जना संक्रमित भएका छन् भने एक लाख ६३ हजार ७०२ मानिसले ज्यान गुमाएका छन् । विश्वभरका विभिन्न अस्पतालमा उपचार गराउने संक्रमितको संख्या १५ लाख ९८ हजार ८१ रहेका छन् भने छ लाख १२ हजार ४१५ जना निको भई घर फर्किएका छन् । कुल बिरामीमध्ये ५४ हजार ३७४ को अवस्था चिन्ताजनक रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको विश्वसनीय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वल्र्डोमिटरले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रताडित अमेरिका भएको छ । अमेरिकामा कुल ७ लाख ४३ हजार ८० जना सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ३९ हजार ६८९ पुगेको छ ।

अमेरिकामा हाल ६ लाख ३४ हजार ७३३ जनाको उपचार जारी रहेकोमा १३ हजार ५५१ को अवस्था चिन्ताजनक छ । अमेरिकामा ६८ हजार ६५८ जना उपचारपश्चात् निको भई फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा गत सोमबार १५३५, मंगलबार २४०७, बुधबार २४८२, बिहीबार २१७४, शुक्रबार २५३५, शनिबार १८६७ र आइतबार रातिसम्म ६३७ ले ज्यान गुमाएका छन् ।

जसमध्ये अमेरिकाको न्यूयोर्क सहर सबैभन्दा संकटमा रहेको पाइएको छ । न्यूयोर्कमा मात्रै २ लाख ४१ हजार ४१ संक्रमित भएकोमा १८ हजार १७८ ले ज्यान गुमाएका छन् ।

स्पेनमा एक लाख ९५ हजार ९४४ कुल सङ्क्रमित भएका छन् भने २० हजार ४५३ जनाको मृत्यु भएको छ ।

यसैगरी, इटालीमा कुल एक लाख ७८ हजार ९७२ जना संक्रमित भएका छन् भने २३ हजार ६६० जनाले ज्यान गुमाएका छन् ।

यस्तै, फ्रान्समा एक लाख ५२ हजार ५७८ कुल सङ्क्रमित भएका छन् भने १९ हजार ७१८ को मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ४४ हजार ३८७ कुल सङ्क्रमित भएका छन् भने ४५४७ को मृत्यु भएको छ ।

बेलायतमा एक लाख २० हजार ६७ कुल सङ्क्रमित भएका छन् भने १६ हजार ६० को मृत्यु भएको छ ।

टर्कीमा ८६ हजार ३०७ संक्रमित रहेकोमा २०१७ को ज्यान गएको छ ।

चीनमा ८२ हजार ७३५ कुल सङ्क्रमित भएका छन् भने ४६३२ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार २९ रहेको छ । चीनमा हाल १०५८ जनाको उपचार जारी रहेकोमा ८५ को अवस्था जटिल छ । चीनमा शुक्रबार एकै दिन १२९० जनाको मृत्यु भएको छ ।

इरानमा ८२ हजार २११ कुल सङ्क्रमित भएका छन् भने ५११८ व्यक्तिको मृत्यु भएको छ ।

यस्तै, रसियामा ४२ हजार ८५३ जना बिरामी भएकोमा ३६१ को निधन भएको छ ।

बेल्जियममा ३८ हजार ४९६ संक्रमित भएकोमा ५६८३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ३६ हजार ९२५ संक्रमित भएकोमा २३७२ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, क्यानडामा ३३ हजार ९५१ व्यक्तिमा कोरोना देखिएकोमा १५०९ जनाको ज्यान गएको छ ।

यसैगरी, नेदरल्याण्ड्समा ३२ हजार ६५५ संक्रमित भएकोमा ३६८४ जनाको मृत्यु भएको छ ।

स्वीट्जरल्याण्डमा २७ हजार ७४० संक्रमित छन् भने १३८१ जनाको ज्यान गएको छ ।

पोर्चुगलमा २० हजार २०६ व्यक्ति बिरामी भएकोमा ७१४, अस्ट्रियामा १४ हजार ७४९ मा कोरोनाको संक्रमण देखिएकोमा ४५२, भारतमा १७ हजार १३७ कुल संक्रमित रहेकोमा ५५०, आयरल्याण्डमा १४ हजार ७५८ संक्रमित रहेकोमा ५७१, पेरुमा १४ हजार ४२० संक्रमित रहेकोमा ३४८, स्वीडेनमा १४ हजार ३८५ बिरामी रहेकोमा १५४० जनाको मृत्यु भएको छ ।

यस्तै, इजरायलमा १३ हजार ३६२ बिरामी रहेकोमा १७१ र दक्षिण कोरियामा १० हजार ६६१ संक्रमित रहेकोमा २३४ जनाले ज्यान गुमाएका छन् । जापानमा १० हजार ७९७ संक्रमित रहेकोमा २२२ को ज्यान गएको छ । यस्तै, चिलीमा १० हजार ८८ संक्रमित भएकोमा १८८ को मृत्यु भएको छ ।

यसैगरी, डेनमार्कमा ३५५, पाकिस्तानमा १६८, नर्वेमा १६५, मेक्सिकोमा ६५०, युएईमा ४१, इन्डोनेसियामा ५८२, मलेसियामा ८९, कतारमा ८, थाइल्याण्ड ४७, बंगलादेश ९१ जनाको ज्यान गएको छ ।

नेपालमा हालसम्म ३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा चार जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख १५ गतेसम्म लकडाउन लागू गरेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा २९ हजार ५६७ जनाको नमुना परीक्षण गरिएकोमा ३१ जनामा कोरोनाभाइरस पुष्टि भएको हो । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया