काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सोमबार बिहानसम्म विश्वभर एक लाख ६५ हजार ५८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका स्वास्थ्य तथा गृह मन्त्रालयहरूले एएफपीलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । कुल मृत्यु भएकामध्ये युरोपमा करिब दुई तिहाइ अर्थात् एक लाख एक हजार ७३२ जनाको मृत्यु भएको छ ।

युरोपमा कोरोना भाइरसको सङ्क्रमण १० लाख ८४ हजार ८०४ जनामा देखिएको छ । यस भाइरसको सङ्क्रमणबाट बढी प्रभावित यूरोपेली मुलुकहरूमा इटली, स्पेन, फ्रान्स, बेलायत र जर्मनीलगायत रहेका छन् ।

कोरोना भाइरसको विश्वव्यापी महामारीबाट २४ लाख ६ हजार ९०५ जना संक्रमित भएका छन् भने एक लाख ६५ हजार ५८ मानिसले ज्यान गुमाएका छन् । विश्वभरका विभिन्न अस्पतालमा उपचार गराउने संक्रमितको संख्या १६ लाख २४ हजार ८३४ रहेका छन् भने छ लाख १७ हजार १३ जना निको भई घर फर्किएका छन् । कुल बिरामीमध्ये ५४ हजार २१८ को अवस्था चिन्ताजनक रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको विश्वसनीय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वल्र्डोमिटरले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रताडित अमेरिका भएको छ । अमेरिकामा कुल ७ लाख ६३ हजार ८३६ जना सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ४० हजार ५५५ पुगेको छ ।

अमेरिकामा हाल ६ लाख ५२ हजार २६९ जनाको उपचार जारी रहेकोमा १३ हजार ५६६ को अवस्था चिन्ताजनक छ । अमेरिकामा ७१ हजार १२ जना उपचारपश्चात् निको भई फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा गत सोमबार १५३५, मंगलबार २४०७, बुधबार २४८२, बिहीबार २१७४, शुक्रबार २५३५, शनिबार १८६७ र आइतबार १५३९ ले ज्यान गुमाएका छन् ।

जसमध्ये अमेरिकाको न्यूयोर्क सहर सबैभन्दा संकटमा रहेको पाइएको छ । न्यूयोर्कमा मात्रै २ लाख ४१ हजार ४१ संक्रमित भएकोमा १८ हजार १७८ ले ज्यान गुमाएका छन् ।

स्पेनमा एक लाख ९८ हजार ८७४ कुल सङ्क्रमित भएका छन् भने २० हजार ४५३ जनाको मृत्यु भएको छ ।

यसैगरी, इटालीमा कुल एक लाख ७८ हजार ९७२ जना संक्रमित भएका छन् भने २३ हजार ६६० जनाले ज्यान गुमाएका छन् ।

यस्तै, फ्रान्समा एक लाख ५२ हजार ८९४ कुल सङ्क्रमित भएका छन् भने १९ हजार ७१८ को मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ४५ हजार ७४२ कुल सङ्क्रमित भएका छन् भने ४६४२ को मृत्यु भएको छ ।

बेलायतमा एक लाख २० हजार ६७ कुल सङ्क्रमित भएका छन् भने १६ हजार ६० को मृत्यु भएको छ ।

टर्कीमा ८६ हजार ३०६ संक्रमित रहेकोमा २०१७ को ज्यान गएको छ ।

चीनमा ८२ हजार ७४७ कुल सङ्क्रमित भएका छन् भने ४६३२ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार २९ रहेको छ । चीनमा हाल १०५८ जनाको उपचार जारी रहेकोमा ८५ को अवस्था जटिल छ । चीनमा शुक्रबार एकै दिन १२९० जनाको मृत्यु भएको छ ।

इरानमा ८२ हजार २११ कुल सङ्क्रमित भएका छन् भने ५११८ व्यक्तिको मृत्यु भएको छ ।

यस्तै, रसियामा ४२ हजार ८५३ जना बिरामी भएकोमा ३६१ को निधन भएको छ ।

ब्राजिलमा ३८ हजार ६५४ संक्रमित भएकोमा २४६२ जनाले ज्यान गुमाएका छन् ।

बेल्जियममा ३८ हजार ४९६ संक्रमित भएकोमा ५६८३ जनाको मृत्यु भएको छ ।

यस्तै, क्यानडामा ३५ हजार ५६ व्यक्तिमा कोरोना देखिएकोमा १५८७ जनाको ज्यान गएको छ ।

यसैगरी, नेदरल्याण्ड्समा ३२ हजार ६५५ संक्रमित भएकोमा ३६८४ जनाको मृत्यु भएको छ ।

स्वीट्जरल्याण्डमा २७ हजार ७४० संक्रमित छन् भने १३९३ जनाको ज्यान गएको छ ।

पोर्चुगलमा २० हजार २०६ व्यक्ति बिरामी भएकोमा ७१४, भारतमा १७ हजार ६१५ कुल संक्रमित रहेकोमा ५५९, पेरुमा १५ हजार ६२८

संक्रमित रहेकोमा ३४८, आयरल्याण्डमा १५ हजार २५१ संक्रमित रहेकोमा ६१०, अस्ट्रियामा १४ हजार ७४९ मा कोरोनाको संक्रमण देखिएकोमा ४५२, स्वीडेनमा १४ हजार ३८५ बिरामी रहेकोमा १५४० जनाको मृत्यु भएको छ ।

यस्तै, इजरायलमा १३ हजार ४९१ बिरामी रहेकोमा १७२, जापानमा १० हजार ७९७ संक्रमित रहेकोमा २३६ र दक्षिण कोरियामा १० हजार ६७४ संक्रमित रहेकोमा २३६ को ज्यान गएको छ । यस्तै, चिलीमा १० हजार ८८ संक्रमित भएकोमा १३३ को मृत्यु भएको छ ।

यसैगरी, डेनमार्कमा ३५५, पाकिस्तानमा १६८, नर्वेमा १६५, मेक्सिकोमा ६५०, युएईमा ४१, इन्डोनेसियामा ५८२, मलेसियामा ८९, कतारमा ८, थाइल्याण्ड ४७, बंगलादेश ९१ जनाको ज्यान गएको छ ।

नेपालमा हालसम्म ३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा चार जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख १५ गतेसम्म लकडाउन लागू गरेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा २९ हजार ५६७ जनाको नमुना परीक्षण गरिएकोमा ३१ जनामा कोरोनाभाइरस पुष्टि भएको हो । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया