काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर ३३ लाख ४७ हजार ४७९ मानिस संक्रमित भएका छन् । जसमध्ये १० लाख ५५ हजार निको भई घर फर्किएका छन् ।

विश्वका ११० भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म दुई लाख ३५ हजार २७५ मानिसको ज्यान गएको छ । अझै २० लाख ४७ हजार ३७१ जना बिरामीले विभिन्न अस्प्तालमा उपचार गराइरहेकोमा ५० हजार ३८३ जनाको अवस्था जटिल रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । उपचाररत बिरामीमध्ये १९ लाख ९६ हजार ९८८ को अवस्था मध्यम रहेको जनाइएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा संयुक्तराज्य अमेरिका रहेको छ । यहाँ कुल ११ लाख एक हजार २२४ जना संक्रमित भएकोमा मृत्यु हुनेको संख्या ६४ हजार ४७ पुगेको छ । अमेरिकामा ८ लाख ८१ हजार ८८ जनाको उपचार जारी छ भने १ लाख ५६ हजार ८९ जना निको भई घर फर्किएका छन् ।

स्पेनमा २ लाख ३९ हजार ६३९ जना संक्रमित भएकोमा २४ हजार ८२४ जनाको मृत्यु भएको छ । यस्तै, इटालीमा २ लाख ५ हजार ४६३ जना बिरामी रहेकोमा २७ हजार ९६७ को ज्यान गएको छ । युकेमा १ लाख ७१ हजार २५३ जना संक्रमित भएकोमा २६ हजार ७७१ ले ज्यान गुमाएका छन् । फ्रान्समा १ लाख ६७ हजार १७८ संक्रमित छन् भने २४ हजार ३७६ ले ज्यान गुमाएका छन् । यस्तै, जर्मनीमा १ लाख ६३ हजार ३३१ जना संक्रमित भएकोमा ६६३२ जनाको मृत्यु भएको छ ।

यस्तै, टर्कीमा १ लाख २० हजार २०४ बिरामी रहेकोमा ३१७४ जनाको निधन भएको छ । रसियामा एक लाख १४ हजार ४३१ संक्रमित रहेका छन् भने ११६९ जनाले ज्यान गुमाएका छन् । इरानमा ९४ हजार ६४० संक्रमित छन् भने ६०२८ को मृत्यु भएको छ । यस्तै, चीनमा ८२ हजार ८७४ संक्रमित रहेकोमा ४६३३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ६००३, क्यानडा ३२२३, बेल्जियम ७७०३, नेदरल्याण्ड्स ४८९३, पेरुमा १०५१, भारतमा ११५४, स्वीट्जरल्याण्डमा १७४९, इक्वेडरमा ९००, पोर्चुगलमा ९८९, स्वीडेनमा २६५३, आयरल्याण्डमा १२३२, मेक्सिकोमा १८५९ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ५९ जना संक्रमित रहेका छन् भने १६ जना उपचारपश्चात् निको भएका छन् । कोरोना रोकथामका लागि सरकारले वैशाख २५ गतेसम्म लकडाउन घोषणा गरेको छ । एजेन्सीहरुको सहयोगमा ।

तपाईको प्रतिक्रिया