काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्याएको कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर ४१ लाख १७ हजार ९५ मानिस संक्रमित भएका छन् । जसमध्ये १४ लाख ४६ हजार ५५९ जना निको भई घर फर्किएका छन् ।
विश्वका २१२ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म दुई लाख ८० हजार ६९० मानिसको ज्यान गएको छ । अझै २३ लाख ८९ हजार ८४६ जना बिरामीले विभिन्न अस्पतालमा उपचार गराइरहेकोमा ४७ हजार ६४२ जनाको अवस्था जटिल रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । उपचाररत बिरामीमध्ये २३ लाख ४२ हजार २०४ को अवस्था मध्यम रहेको जनाइएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा संयुक्तराज्य अमेरिका रहेको छ । यहाँ कुल १३ लाख ४७ हजार ३१८ जना संक्रमित भएकोमा मृत्यु हुनेको संख्या ८० हजार ४० पुगेको छ । अमेरिकामा १० लाख २९ हजार १९८ जनाको उपचार जारी छ भने २ लाख ३८ हजार ८० जना निको भई घर फर्किएका छन् ।
स्पेनमा २ लाख ६२ हजार ७८३ जना संक्रमित भएकोमा २६ हजार ४७८ जनाको मृत्यु भएको छ । यस्तै, इटालीमा २ लाख ४८ हजार २६८ जना बिरामी रहेकोमा ३० हजार ३९५ को ज्यान गएको छ । युकेमा २ लाख १५ हजार २६० जना संक्रमित भएकोमा ३१ हजार ५८७ ले ज्यान गुमाएका छन् । रसियामा २ लाख ९ हजार ६८८ संक्रमित रहेका छन् भने १९१५ जनाले ज्यान गुमाएका छन् ।
फ्रान्समा १ लाख ७६ हजार ६५८ संक्रमित छन् भने २६ हजार ३१० ले ज्यान गुमाएका छन् । यस्तै, जर्मनीमा १ लाख ७१ हजार ३२४ जना संक्रमित भएकोमा ७५४९ जनाको मृत्यु भएको छ । यस्तै, ब्राजिलमा १ लाख ७१ हजार ३२४ संक्रमित भएकोमा १० हजार ६५६ को मृत्यु भएको छ ।
टर्कीमा १ लाख ३७ हजार ११५ बिरामी रहेकोमा ३७३९ जनाको निधन भएको छ । इरानमा १ लाख ६ हजार २२० संक्रमित छन् भने ६५८९ को मृत्यु भएको छ । यस्तै, चीनमा ८२ हजार ९०१ संक्रमित रहेकोमा ४६३३ जनाको मृत्यु भएको छ ।
क्यानडामा ४६३९, बेल्जियममा ८६५६, पेरुमा १८१४, नेदरल्याण्ड्स ५४२२, भारतमा २१०९, स्वीट्जरल्याण्डमा १८३०, इक्वेडरमा १७१७, पोर्चुगलमा ११२६, स्वीडेनमा ३२२०, आयरल्याण्डमा १४४६, मेक्सिकोमा ३३५३ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म १०९ जना संक्रमित रहेका छन् भने ३० जना उपचारपश्चात् निको भएका छन् । कोरोना रोकथामका लागि सरकारले जेठ ५ गतेसम्म लकडाउन घोषणा गरेको छ । एजेन्सीहरुको सहयोगमा ।











