काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्याएको कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ४३ लाख ३ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये १५ लाख ५१ हजार ३६९ निको भई घर फर्किएका छन् ।
विश्वका २१२ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म दुई लाख ९० हजार मानिसको ज्यान गएको छ । अझै २४ लाख ६१ हजार ८३७ जना बिरामीले विभिन्न अस्पतालमा उपचार गराइरहेकोमा ४६ हजार ६७१ जनाको अवस्था जटिल रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । उपचाररत बिरामीमध्ये २४ लाख १५ हजार १६६ को अवस्था मध्यम रहेको जनाइएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा संयुक्तराज्य अमेरिका रहेको छ । यहाँ कुल १३ लाख ९२ हजार ४२२ जना संक्रमित भएकोमा मृत्यु हुनेको संख्या ८२ हजार २०५ पुगेको छ । अमेरिकामा १० लाख ४६ हजार ६१९ जनाको उपचार जारी छ भने २ लाख ६३ हजार ५९८ जना निको भई घर फर्किएका छन् ।
स्पेनमा २ लाख ६९ हजार ५२० जना संक्रमित भएकोमा २६ हजार ९२० जनाको मृत्यु भएको छ । रसियामा २ लाख ३२ हजार २४३ संक्रमित रहेका छन् भने २११६ जनाले ज्यान गुमाएका छन् ।युकेमा २ लाख २६ हजार ९२० जना संक्रमित भएकोमा ३२ हजार ६९२ ले ज्यान गुमाएका छन् । यस्तै, इटालीमा २ लाख १९ हजार ८१४ जना बिरामी रहेकोमा ३० हजार ७३९ को ज्यान गएको छ ।
फ्रान्समा १ लाख ७७ हजार ४२३ संक्रमित छन् भने २६ हजार ६४३ ले ज्यान गुमाएका छन् । यस्तै, जर्मनीमा १ लाख ७२ हजार ८१२ जना संक्रमित भएकोमा ७६६७ जनाको मृत्यु भएको छ । यस्तै, ब्राजिलमा १ लाख ७० हजार ५८२ संक्रमित भएकोमा ११ हजार ७७२ को मृत्यु भएको छ ।
टर्कीमा १ लाख ३९ हजार ७७१ बिरामी रहेकोमा ३८४१ जनाको निधन भएको छ । इरानमा १ लाख १० हजार ७६७ संक्रमित छन् भने ६७३३ को मृत्यु भएको छ । यस्तै, चीनमा ८२ हजार ९१९ संक्रमित रहेकोमा ४६३३ जनाको मृत्यु भएको छ ।
क्यानडामा ४९९३, बेल्जियममा ८७६१, पेरुमा १९६१, नेदरल्याण्ड्समा ५५१०, भारतमा २३३१, स्वीट्जरल्याण्डमा १८५७, इक्वेडरमा २१४५, पोर्चुगलमा ११६३, स्वीडेनमा ३३१३, आयरल्याण्डमा १४६७, मेक्सिकोमा ३५७३ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म १९१ जना संक्रमित रहेका छन् भने ३३ जना उपचारपश्चात् निको भएका छन् । कोरोना रोकथामका लागि सरकारले जेठ ५ गतेसम्म लकडाउन घोषणा गरेको छ । एजेन्सीहरुको सहयोगमा ।