काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ४३ लाख ३९ हजार ७९८ मानिस संक्रमित भएका छन् । जसमध्ये १६ लाख २ हजार ६२ निको भई घर फर्किएका छन् ।

विश्वका २१२ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म दुई लाख ९२ हजार ८०७ मानिसको ज्यान गएको छ । अझै २४ लाख ४४ हजार ९२९ जना बिरामीले विभिन्न अस्पतालमा उपचार गराइरहेकोमा ४६ हजार ३४० जनाको अवस्था जटिल रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । उपचाररत बिरामीमध्ये २३ लाख ९८ हजार ५८९ को अवस्था मध्यम रहेको जनाइएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा संयुक्तराज्य अमेरिका रहेको छ । यहाँ कुल १४ लाख ८ हजार ६३६ जना संक्रमित भएकोमा मृत्यु हुनेको संख्या ८३ हजार ४२५ पुगेको छ । अमेरिकामा १० लाख २८ हजार ४६५ जनाको उपचार जारी छ भने २ लाख ९६ हजार ७४६ जना निको भई घर फर्किएका छन् ।

स्पेनमा २ लाख ६९ हजार ५२० जना संक्रमित भएकोमा २६ हजार ९२० जनाको मृत्यु भएको छ । रसियामा २ लाख ३२ हजार २४३ संक्रमित रहेका छन् भने २११६ जनाले ज्यान गुमाएका छन् । युकेमा २ लाख २६ हजार ४६३ जना संक्रमित भएकोमा ३२ हजार ६९२ ले ज्यान गुमाएका छन् । यस्तै, इटालीमा २ लाख २१ हजार २१६ जना बिरामी रहेकोमा ३० हजार ९११ को ज्यान गएको छ ।

फ्रान्समा १ लाख ७८ हजार २२५ संक्रमित छन् भने २६ हजार ९९१ ले ज्यान गुमाएका छन् । यस्तै, ब्राजिलमा १ लाख ७७ हजार ६०२ संक्रमित भएकोमा १२ हजार ४०४ को मृत्यु भएको छ । यस्तै, जर्मनीमा १ लाख ७३ हजार १७१ जना संक्रमित भएकोमा ७७३८ जनाको मृत्यु भएको छ ।

टर्कीमा १ लाख ४१ हजार ४७५ बिरामी रहेकोमा ३८९४ जनाको निधन भएको छ । इरानमा १ लाख १० हजार ७६७ संक्रमित छन् भने ६७३३ को मृत्यु भएको छ । यस्तै, चीनमा ८२ हजार ९२६ संक्रमित रहेकोमा ४६३३ जनाको मृत्यु भएको छ ।

क्यानडामा ५१६९, बेल्जियममा ८७६१, पेरुमा २०५७, नेदरल्याण्ड्समा ५५१०, भारतमा २४१५, स्वीट्जरल्याण्डमा १८६७, इक्वेडरमा २३२७, पोर्चुगलमा ११६३, स्वीडेनमा ३३१३, आयरल्याण्डमा १४८८, मेक्सिकोमा ३९२६ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म २१७ जना संक्रमित रहेका छन् भने ३३ जना उपचारपश्चात् निको भएका छन् । कोरोना रोकथामका लागि सरकारले जेठ ५ गतेसम्म लकडाउन घोषणा गरेको छ । एजेन्सीहरुको सहयोगमा ।

तपाईको प्रतिक्रिया