काठमाडौँ । कोरोना भाइरसका कारण विश्वभर २ लाख ८२ हजार ८९३ व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४२ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुत्रबार मध्यान्हसम्ममा ५ हजार ३२० जनाको मृत्यु भएको छ भने ८५ हजार ३१२ नयाँ संक्रमित थपिएका छन् ।

प्राप्त समाचारअनुसार विश्वभर ४६ हजार ३४० मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २४ लाख ९११ अर्थात् करिब ९८ प्रतिशतको अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बेलायतमा ३२ हजार ६९२ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा खासै कमी आएको छैन । पछिल्लो २४ घन्टामा अमेरिकामा १६३० जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८३ हजार ४२५ पुगेको छ ।

कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घन्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घन्टामा इटालीमा १७२, स्पेनमा १७६ र फ्रान्समा ३४८ जनाको ज्यान गएको छ । इटालीमा ३० हजार ९११, स्पेनमा २६ हजार ९२० र फ्रान्समा २६ हजार ९९१ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट युरोपमा १६ लाख ७५ हजार ७६५ जना कुल संक्रमित भएकोमा १ लाख ५५ हजार ७६२ जनाको मृत्यु भएको छ । यस्तै, उत्तर अमेरिकामा १५ लाख ४६ हजार ६९७ संक्रमित भएकोमा ९३ हजार ५५४ जनाको ज्यान गएको छ ।

यसैगरी, एसियामा ७ लाख ३ हजार ५६० जना बिरामी छन् भने २२ हजार ८६५ जनाले ज्यान गुमाएका छन् । दक्षिण अमेरिकामा ३ लाख ३६ हजार ३७८ जना संक्रमितमध्ये १८ हजार १७१ को मृत्यु भएको छ । अफ्रिकामा ७० हजार ९८३ जना संक्रमित रहेकोमा २ हजार ४०७ को ज्यान गएको छ । यस्तै, ओसेनिया (अस्ट्रेलिया) मा कुल ८ हजार ५८१ जना संक्रमितमध्ये ११९ ले ज्यान गुमाएका छन् ।

दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा प्रभावित भारत बनेको छ । भारतमा ७४ हजार ४८० जना संक्रमित छन् भने २ हजार ४१५ ले ज्यान गुमाएका छन् । यस्तै, पाकिस्तानमा ३४ हजार ३३६ संक्रमितमध्ये ७३७ को ज्यान गएको छ । बंगलादेशमा १६ हजार ६६० संक्रमितमध्ये २५० जनाको मृत्यु भएको छ । अफगानिस्तानमा ४ हजार ९६३ संक्रमितमध्ये १२७ को ज्यान गएको छ ।

यस्तै, श्रीलंकामा ८८९ कुल संक्रमितमध्ये ९ जनाको निधन भएको छ । यस्तै, माल्दिभ्समा ९०४ संक्रमित रहेकोमा ३ जनाको ज्यान गएको छ ।

नेपालमा हालसम्म २१७ जना संक्रमित छन् भने ३३ जना निको भएका छन् । भुटानमा ११ जनामा संक्रमित देखिएकोमा ५ जना र फर्किसकेका छन् । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया