काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या बुधबार अपरान्हसम्म ४३ लाख ४२ हजार ८४७ पुगेको छ । जसमध्ये १६ लाख २ हजार ७१२ जना निको भएका छन् ।

जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका १६ लाख ४२ हजार ८४७ संक्रमित निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा परेको संयुक्त राज्य अमेरिकामा १४ लाख ८ हजार ६३६ कुल संक्रमितमध्ये दुई लाख ९६ हजार ७४६ जना निको भइसकेका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने मुलकमा स्पेन रहेको छ । यहाँ २ लाख ६९ हजार ५२० जना संक्रमित भएकोमा १ लाख ८० हजार ४७० मानिस निको भएका छन् ।

यसैगरी, रसियामा २ लाख ३२ हजार २४३ संक्रमित रहेकोमा २ हजार ११६ जनामात्र निको भएका छन् । बेलायतमा २ लाख २६ हजार ४६३ संक्रमित रहेकोमा निको हुनेको संख्या नगण्य अर्थात् ३४४ जनामात्रैनिको भएका छन् ।

सबैभन्दा बढी निको हुने देशमा जर्मनी परेको छ । यहाँ १ लाख ७३ हजार १७१ जना संक्रमित भएकोमा निको हुनेको संख्या १ लाख ४७ हजार २०० पुगेको छ । १८ हजार २३३ जनाले उपचार गराइरहेका छन् ।

चीनमा कुल ८२ हजार ९२६ संक्रमितमध्ये ७८ हजार १८९ जना निको भई फर्किएका छन् । चीनमा हाल उपचाररत मानिसको संख्या १०४ मात्र बाँकी छ । जसमा १० जनाको अवस्था जटिल रहेको बताइएको छ ।

विश्वभर कोरोना भाइरसका कुल संक्रमितको संख्या ४३ लाख ४२ हजार ८४७ रहेकोमा दुई लाख ९२ हजार ८९९ जनाको मृत्यु भइसकेको छ ।

चीनको वुहान सहरबाट उत्पत्ति भई संसारभरमा जनतालाई भय, त्रास, शोक र सन्नाटा सिर्जना गरेका कोरोना भाइरसका कारण अमेरिकामा ८३ हजार ४२५ जनाको मृत्यु भएको छ ।

यस्तै, बेलायतमा ३२ हजार ६९२, इटालीमा ३० हजार ९११, फ्रान्समा २६ हजार ९९१, स्पेनमा २६ हजार ९२०, ब्राजिलमा १२ हजार ४६१, बेल्जियममा ८ हजार ७६१, जर्मनीमा ७ हजार ७३८, इरानमा ६ हजार ७३३, नेदरल्याण्ड्समा ५ हजार ५१०, चीनमा ४ हजार ६३३, क्यानडामा ५१६९ र टर्कीमा ३८९४ जनाको मृत्यु भएको छ । [एजेन्सीहरुको सहयोगमा]

तपाईको प्रतिक्रिया