काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या बिहीबार रातिसम्म ४४ लाख ७१ हजार पुगेको छ । जसमध्ये १६ लाख ७९ हजार ६३९ जना निको भएका छन् ।

जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका १६ लाख ७९ हजार ६३९ संक्रमित निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा परेको संयुक्त राज्य अमेरिकामा १४ लाख ३५ हजार ११० कुल संक्रमितमध्ये तीन लाख १० हजार ६९५ जना निको भइसकेका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने मुलकमा स्पेन रहेको छ । यहाँ २ लाख ७२ हजार ६४६ जना संक्रमित भएकोमा १ लाख ८६ हजार ४८० मानिस निको भएका छन् ।

यसैगरी, रसियामा २ लाख ५२ हजार २४५ संक्रमित रहेकोमा २ हजार ३०५ जनामात्र निको भएका छन् । बेलायतमा २ लाख ३३ हजार १५१ संक्रमित रहेकोमा निको हुनेको संख्या नगण्य अर्थात् ३४४ जनामात्रै रहेका छन् ।
सबैभन्दा बढी निको हुने देशमा जर्मनी परेको छ । यहाँ १ लाख ७४ हजार ९८ जना संक्रमित भएकोमा निको हुनेको संख्या १ लाख ५०० हजार ३०० पुगेको छ । १५ हजार ९३७ जनाले उपचार गराइरहेका छन् ।

चीनमा कुल ८२ हजार ९२९ संक्रमितमध्ये ७८ हजार १९५ जना निको भई फर्किएका छन् । चीनमा हाल उपचाररत मानिसको संख्या १०१ मात्र बाँकी छ । जसमा ९ जनाको अवस्था जटिल रहेको बताइएको छ ।

विश्वभर कोरोना भाइरसका कुल संक्रमितको संख्या ४४ लाख ७० हजार ९३७ रहेकोमा करिब तीन लाख जनाको मृत्यु भइसकेको छ ।

चीनको वुहान सहरबाट उत्पत्ति भई संसारभरमा जनतालाई भय, त्रास, शोक र सन्नाटा सिर्जना गरेका कोरोना भाइरसका कारण अमेरिकामा ८५ हजार ४०८ जनाको मृत्यु भएको छ ।

यस्तै, बेलायतमा ३३ हजार ६१४, इटालीमा ३१ हजार १०६, फ्रान्समा २७ हजार ७४, स्पेनमा २७ हजार ३२१, ब्राजिलमा १३ हजार २७६, बेल्जियममा ८ हजार ९०३, जर्मनीमा ७ हजार ८६१, इरानमा ६ हजार ८५४, नेदरल्याण्ड्समा ५ हजार ५९०, चीनमा ४ हजार ६३३, क्यानडामा ५३०२ र टर्कीमा ३९५२ जनाको मृत्यु भएको छ । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया