बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको भन्दै चीनको विदेश मन्त्रालयले उक्त आरोप लगाएको हो ।

मन्त्रालयका प्रवक्ता झाओ लिजियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

अमेरिकी प्रशासनले चीनलाई समेत कोरोना नियन्त्रणका लागि चीनले खेलेको प्रभावकारी भूमिकाको पनि गलतरुपमा प्रचार गरेको उनले बताए ।

दैनिक पत्रकार सम्मेलनका क्रममा बिहीबार प्रवक्ता झाओले अमेरिकी अधिकारीहरुले कोरोनाभाइरसको महामारीलाई पनि राजनीतिकरण गरेको आरोप लगाएका हुन् ।

उनले भने, “आफ्नो जिम्मेवारीभन्दा पनि चीनको विषयमा नभएका नकारात्मक हल्लाहरू सिर्जना गर्नु कुनै पनि राष्ट्रका लागि शोभनीय कुरा होइन । यो जायज छैन ।” एएफपी

तपाईको प्रतिक्रिया