भानयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा ६ हजार १४७ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसहित भारतमा कोरोना संक्रमितको कुल संख्या एक लाख ७ हजार ८१९ पुगेको छ ।

भारतमा विगत २४ घन्टामा १४६ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ३ हजार ३१७ पुगेको छ ।

कोरोना भाइरसबाट संक्रमित कुल व्यक्तिमध्ये ४२ हजार ३०९ जना अस्पतालहरुबाट डिस्चार्ज भइसकेका छन् भने ६० हजार ८६४ जना उपचारका क्रममा रहेका छन् ।

भारतमा कोरोना संक्रमितको सबैभन्दा ठूलो संख्या महाराष्ट्र राज्यमा देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा ३७ हजार १३६ जना, तामिलनाडूमा १२ हजार ४४८ जना, गुजरातमा १२ हजार १४० जना र नयाँदिल्लीमा १० हजार ५५४ जना संक्रमित देखिएका छन् ।

कोरोना भाइरसको प्रकोप समुदायस्तरमा फैलिनबाट रोक्न भारतमा जारी लकडाउन आगामी मे ३१ तारिखसम्म लम्ब्याइएको छ, तर मानिसको घुमफिर र यात्रामा धेरै खुकुलो बनाइएको छ । एनएनआई

तपाईको प्रतिक्रिया