मस्को । विश्वका शक्तिशाली देशहरुको सूचीमा राखिने रुसमा पनि कोरोना भाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या ३ लाख ८ हजार ७०५ पुगेको छ । अधिकारीहरुका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा मात्रै झण्डै आठ हजार ७६४ नयाँ सङ्क्रमित थपिएका छन् ।

त्यसैगरी मृत्यु हुनेको संख्या २ हजार ९७२ रहेको पुगेको छ । एकै दिनमा १३५ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्य हुने व्यक्तिको संख्या लगभग ३ हजार पुगेको अधिकारीहरुले जनाएका छन् ।

देशको राष्ट्रिय कोरोना भाइरस नियन्त्रण केन्द्रले बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै बुधबार चिन्ता व्यक्त गरेको छ ।

विश्वमै धेरै सङ्क्रमितहरु रहेकोमध्ये दोस्रोमा रुस परेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार धेरै सङ्क्रमितहरु रहेका देशहरुको सूचीमा सर्बभन्दा अगाडि अमेरिका रहेको छ ।

अमेरिकामा अहिलेसम्म १५ लाख ९३ हजार ७७७ नागरिक कोरनो भाइरसबाट सङ्क्रमित भइसकेका छन् । तीमध्ये २० हजार २८९ जना त पछिल्लो २४ घन्टामा थपिएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या ९३ हजार ५३३ रहेको छ । एएनआई

तपाईको प्रतिक्रिया