काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्याएको कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ५१ लाख ९८ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये २० लाख ८२ हजार ९५० निको भई घर फर्किएका छन् ।

विश्वका २१३ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म तीन लाख ३४ हजार ६८० मानिसको ज्यान गएको छ । अझै २७ लाख ८० हजार २२३ जना बिरामीले विभिन्न अस्पतालमा उपचार गराइरहेकोमा ४५ हजार ६०९ जनाको अवस्था जटिल रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । उपचाररत बिरामीमध्ये २७ लाख ३४ हजार ६२४ को अवस्था मध्यम रहेको जनाइएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा संयुक्तराज्य अमेरिका रहेको छ । यहाँ कुल १६ लाख २० हजार ९०२ जना संक्रमित भएकोमा मृत्यु हुनेको संख्या ९६ हजार ३५४ पुगेको छ । अमेरिकामा ११ लाख ४२ हजार ३७९ जनाको उपचार जारी छ भने ३ लाख ८२ हजार १६९ जना निको भई घर फर्किएका छन् ।

रसियामा ३ लाख १७ हजार ५५४ संक्रमित रहेका छन् भने ३०९९ जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा ३ लाख १० हजार ९२१ संक्रमित भएकोमा २० हजार ८२ को मृत्यु भएको छ । स्पेनमा २ लाख ८० हजार ११७ जना संक्रमित भएकोमा २७ हजार ९४० जनाको मृत्यु भएको छ ।

युकेमा २ लाख ५० हजार ९०८ जना संक्रमित भएकोमा ३६ हजार ४२ ले ज्यान गुमाएका छन् । यस्तै, इटालीमा २ लाख २८ हजार ६ जना बिरामी रहेकोमा ३२ हजार ४८६ को ज्यान गएको छ ।

फ्रान्समा १ लाख ८१ हजार ८२६ संक्रमित छन् भने २८ हजार २१५ ले ज्यान गुमाएका छन् । यस्तै, जर्मनीमा १ लाख ७९ हजार २१ जना संक्रमित भएकोमा ८३०९ जनाको मृत्यु भएको छ ।

टर्कीमा १ लाख ५३ हजार ५४८ बिरामी रहेकोमा ४२४९ जनाको निधन भएको छ । इरानमा १ लाख २९ हजार ३४१ संक्रमित छन् भने ७२४९ को मृत्यु भएको छ । भारतमा १ लाख १८ हजार ५०१ जना संक्रमित भएकोमा ३५८५ जनाको मृत्यु भएको छ । पेरुमा १ लाख ८ हजार ७६९ जना संक्रमित भएकोमा ३१४८ जनाको ज्यान गएको छ । यस्तै, चीनमा ८२ हजार ९७१ संक्रमित रहेकोमा ४६३४ जनाको मृत्यु भएको छ । क्यानडामा ८१ हजार ३२४ जना संक्रमित भएकोमा ६१५२ ले ज्यान गुमाएका छन् ।

यसैगरी, बेल्जियममा ९१८६, मेक्सिकोमा ६५१०, नेदरल्याण्ड्समा ५७७५, इक्वेडरमा २९३९, पोर्चुगलमा १२७७, स्वीट्जरल्याण्डमा १८९८, स्वीडेनमा ३८७१, आयरल्याण्डमा १५८३ जनाको मृत्यु भएको छ ।

नेपालमा शुक्रबार बिहानसम्म ४८७ जना संक्रमित रहेका छन् भने तीन जनाको मृत्यु भएको छ । ४९ जना उपचारपश्चात् निको भएका छन् । कोरोना रोकथामका लागि सरकारले जेठ २० गतेसम्म लकडाउन लागू गरेको छ । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया