नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घन्टामा ६ हजार ६५४ जना संक्रमित भेटिएका हुन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार योसहित भारतमा कोरोना संक्रमितको कुल संख्या एक लाख ३० हजार ५०६ पुगेको छ ।

त्यसैगरी भारतमा विगत २४ घन्टामा १४२ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ८५० जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् । एएनआई

तपाईको प्रतिक्रिया