जेनेभा । कोरोना भाइरसका कारण विश्वभर ३ लाख ४७ हजार ६१३ व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख ८४ हजार २६७ नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर २४ घन्टाको अवधिमा ९० हजार १८४ नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घन्टामा विश्वभर ३ हजार ९६ जनाको ज्यान गएको छ ।

प्राप्त समाचारअनुसार विश्वभर करिब ५३ हजार १६७ जनाको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २८ लाख ७३ हजार ६७० को स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोना भाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बेलायतमा ३६ हजार ९१४ को कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घन्टामा अमेरिकामा ५०५ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कुल संख्या ९९ हजार ८०५ पुगेको छ । एएफपी

तपाईको प्रतिक्रिया