जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार ४८५ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

नेपाली समयानुसार सोमबार बेलुकी ८ बजेसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २८ लाख ६५ हजार ४६३ जना निको भएका छन् । विश्वभरीमा ३० लाख ५९ हजार ३५४ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् ।

हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ५१० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ३९ हजार १२८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ६ हजार २४१ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा ८ लाख ७८ हजार ४७७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४० हजार ११३ को मृत्यु भएको छ । युरोपमा २० लाख ३१ हजार ४६४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७३ हजार ९८२ को मृत्यु भएको छ ।

एसियामा ११ लाख ५५ हजार ८५३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३१ हजार ३१ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ५१ हजार ५५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४ हजार २७४ जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया